प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठीक एक हप्तापछि यही भदौ ३० गते भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतसित केही सन्धि तथा सम्झौताहरू गर्ने सम्भावनातर्फ धेरैले आाखा लगाइरहेका छन् । भारतसित नेपालले सम्झौता गर्नैपर्छ । मैले कुनै दीर्घकालीन प्रभाव पर्ने सम्झौता गर्नेछैन भनेर प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिइरहनुभएको अवस्था छ । यो अवस्थाले भारतसित सम्झौता गर्नैहुन्न भन्ने जड मानसिकता अथवा आफूले पाएपछि जे पनि गर्न चाहने मानसिकताबाट प्रधानमन्त्री प्रचण्ड तर्सिइरहनु भएको छ भन्ने संकेत गरेको छ ।
भारतसित नेपालले गर्नुपर्ने सम्झौताहरूमा नेपालको अधिकतम हितलाई ध्यान पुर्याउनु आवश्यक छ । नेपालको हितमा छैन भन्ने पनि कमसेकम नेपालको अहितमा चाहिा कुनै पनि सम्झौता हुनुहुादैन भन्ने नेपाली जनताको चाहना छ भन्ने कुरालाई प्रधानमन्त्री प्रचण्डले आफ्नो दिमागमा राख्नुपर्छ । विगतमा नेपाल र भारतबीच धेरै सन्धि र सम्झौताहरू भइसकेका छन् । कुनै पनि शासकहरूले विगतमा गरेका सन्धि तथा सम्झौताहरू नेपालको हितमा हुनसकेको पाइादैन । यो तथ्यसाग अत्यन्त राम्रोसाग परिचित व्यक्तित्वलाई देशले प्रधानमन्त्रीका रूपमा पाइरहेको हुनाले प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण नेपालको हितमा केन्द्रित हुने विश्वास गर्न सकिन्छ ।
खासगरी सन् १८१६मा तत्कालीन भारतका ब्रिटिश शासकहरू र नेपालका सामन्त शासकहरूबीच भएको सुगौली सन्धिबाट नेपालको गुमेको भूमिले नेपाललाई पूर्णरूपमा भारतवेष्ठित बनायो । त्यसो त उत्तरतिर चीनसाग पनि नेपालको सिमाना जोडिएको छ । तर चीनसित सिमाना जोडिए पनि त्यसतर्फको आवागमन सहज नभएकाले नेपालको अवस्था भारतवेष्ठित नै छ भन्दा फरक पर्दैन । सुगौली सन्धिबाट गुमेको नेपालको भूमि नेपालले फिर्ता नपाउनुपर्ने कुनै कारण छैन । हालसम्म नेपालका तर्फबाट यो विषयलाई भारतसाग उठाउने हिम्मत कुनै पनि शासकहरूले गर्न नसक्दा नै नेपालको भूमि भारतमै गाभिएर रहेको अवस्था हो । प्रधानमन्त्री प्रचण्डले सुगौली सन्धिको कुरा भारतसाग उठाउनै पर्छ । भारतले आफ्नो स्वार्थ र हितका विषयमा कुरा उठाउन कत्ति पनि कमी गरेको छैन । हामीले पनि खुला मन बनाएर आफ्नो देशको हक र हितको कुरा छिमेकीसाग किन नउठाउने ? यस विषयमा प्रधानमन्त्री प्रचण्डले आफूलाई ऐतिहासिक व्यक्तित्वको रूपमा प्रस्तुत गर्न सक्नुहुनेछ भनेर नेपाली जनताले आशा गर्नु अन्यथा हुादैन ।
प्रधानमन्त्रीले भारतमा आफूले कुनै पनि असम्भव कुराहरू गर्नेछैन भनेर प्रतिक्रिया दिइरहनु भएको छ । सुगौली सन्धिबाट नेपालले गुमाएको भूमि फिर्ता पाउनु असम्भव कुरा हुादै होइन । यो नेपालको हक हो । सन् १९५० मा भएको नेपाल भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले पनि सुगौली सन्धि स्पष्ट रूपमा खारेज गरेको छ । भारतीय समकक्षीसाग कुरा राखेर नै केही बिग्रिने छैन ।
सुगौली सन्धिबाट नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्न सहमत जनायो भने नेपाल र भारतबीच पटक–पटक भइरहने सीमा विवादको अन्त्य हुनेछ । त्यसपछि नेपाल र भारतबीच भएका जलसम्पदा उपयोगका सन्धि र सम्झौताहरू हुन् । नेपाली भूमि जलमग्न गराएर भारतीय भूमिमा हरियाली गराउने गरी बनाइएका बााधहरूलाई के गर्ने ? भारतले गरेको नेपालविरुद्धको ज्यादतीलाई कसरी सच्याउने ? नेपालका तर्फबाट मित्रवत् प्रस्ताव भारतसमक्ष राख्नैपर्दछ । नेपाल र भारतबीच भएका महाकाली सन्धि, माथिल्लो कर्णाली ठेक्का सम्झौता, अरुण तेस्रोलगायत कोशी र गण्डक सम्झौतासमेतको पुनरावलोकन गर्ने प्रस्ताव नेपालका तर्फबाट भारतसमक्ष राख्नै पर्दछ । हाम्रा समस्या हामीले नराखेर कसले राख्ने ? कमसेकम भारतका बुद्धिजीवी र सञ्चारकर्मीहरूले नेपालका प्रधानमन्त्री प्रचण्डबाट नेपालमाथि भारतका तर्फबाट भएको अन्यायबारे जानकारी प्राप्त गर्न सकून् । त्यसो भयो भने भारतबाटै नेपालको हितमा आवाज उठ्न सुरु हुने अपेक्षा गर्न सकिन्छ ।


















