युथ ब्वाइज एण्ड गल्र्स बक्सिङमा स्वस्तिका पराजित

147
काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई) दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालकी स्वस्तिका तिरुवा सेमिफाइनलमा पराजित भएकी छन् ।

यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका स्वस्तिका लाइट बन्टाम ५२ केजीमुनि भारतकी तनुसँग अंकको आधारमा ५–० ले पराजित हुदै कास्यमा सीमित बनेकी हुन् । उनले तनुसँग पुरै तीन राउन्ड खेलेकी थिइन् ।

यससँगै एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त भएको छ । नेपालले च्याम्पियनसिपमा ३ कास्य जित्न सफल भयो । नारिका राईले ५७ केजी मुनि तथा छिरिङ वाङदी शेर्पा जुनियर ५४ केजी तौल समूहमा कास्य जित्न सफल भएका थिए ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनार, सुदेन गिरी र युवा मुक्केबाज सुलभ मालीले पदक जित्न सकेनन् । २० अगस्तदेखि सुरु भएको च्याम्पियनसिप ३१ अगस्टसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here