माधव कुमार नेपाल, वरिष्ठ नेता नेकपा एमाले
प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणका अवसरमा के–के सुझाव दिनुभयो ?
दुई दिन पहिला नेकपा एमालेले प्रधानमन्त्रीलाई भेटेर उहााको भारत भ्रमणको बारेमा आफ्ना धारणाहरू हाम्रो पार्टीको अध्यक्षको हस्ताक्षरसहित लिखित रूपमा ध्यानाकार्षण गराइसकेका छौं । त्यसमा धेरै कुराहरू समावेश भएका छन् ।
तर तपाईहरूले प्रधानमन्त्रीलाई यस्तो नगर है भनेर सचेत गराउनुभयो नि, किन ?
प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरूसाग छुट्टै विचारविमर्श गर्नुभएको थियो । त्यस्तै उहााहरूले सर्वदलीय बैठकमार्फत समेत सुझाव लिनुभएको थियो । यी दुवै बैठकमा मैले नेपालको राष्ट्रिय हित, स्वाभिमान, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई केन्द्रविन्दुमा राखेर, ध्यानमा राखेर र उच्चतम प्राथमिकतामा राखेर तपाई त्यहाा डिल गर्नुहोस् र नेपालीहरूको स्वाभिमानमाथि आाच आउने काम नगर्नुहोस् भनेको थिएा ।
अहिलेको अवस्थामा तपाईहरूले लिपुलेक र कालापानीको विषय किन उठाउनुभयो ? अहिले त समझदारी विकास गर्ने वेला होइन र ?
समझदारी विकास गर्नु भनेको त असमझदारी हटाउनु न हो । असमझदारी हटाएर विश्वास र समझदारी बनाउने हो । अविश्वास र असमझदारी हटाउने र विश्वास र समझदारीलाई बढाउने । के के कुरामा असमझदारी छ भन्ने कुरा त थाहा हुनु पर्यो नि ।
तर तपाईलाई राम्रोसाग थाहा छ कि तपाईकै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि नेपाल–भारत सम्बन्ध बिग्रिएको हो नि ?
तपाईलाई यो कुरा राम्रोसाग ज्ञान होस् कि केपी ओली प्रधानमन्त्री भएपछि सम्बन्ध बिग्रिएको होइन । उहाा प्रधानमन्त्री हुनुभन्दा पहिला नै नेपाली कााग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री हुादाखेरि नै समस्या उत्पन्न भएको हो । त्यो पनि संविधान जारी भएसागै समस्या उत्पन्न भएको हो । संविधान त नेपालको आन्तरिक विषय हो । आन्तरिक विषयमा छिमेकी देशले त्यति धेरै चासो राख्नु राम्रो होइन भन्ने हामीलाई लाग्छ ।
१२ बुादे समझादारी गर्दा, लोकतान्त्रिक आन्दोलन गर्दा भारतको सहयोग लिने, अनि भारतले संविधान जारी गर्दा केही समय पर्खिनुहोस् भन्दा तपाईहरूलाई किन आपत्ति ?
भ्रममा नपर्नुहोस् । भारतीय भूमिमा समझादारी भयो भन्दैमा भारतले गर्यो भनेर नभन्नुहोस् । हामीले भारतमा समझदारी गर्दा भारतीय नेताहरूको उपस्थिति त परै जाहोस् उहााहरूलाई जानकारी पनि थिएन । मेरो कुरा गर्नुहुन्छ भने मैले भारतमा माओवादी नेताहरूलाई भेट्दा कसैलाई थाहा पनि दिएको थिइन् । मैले माओवादी नेताहरूलाई १०औंं चोटी भेटेको थिएा । भारतीय पक्षहरूलाई राखेर समझदारी भएको हो भनेर कोही पनि भ्रममा पर्नु भएन । यो सत्य हुादै होइन ।
२००७ सालदेखि ०६२/६३ को आन्दोलनमा त भारतको सहयोग थियो नि ?
त्यो त संसारको सहयोग रहन्छ नि ! कसको सहयोग रहेन ? लोकतन्त्रमा विश्वास गर्नेहरूको समर्थन त भैहाल्छ । भारतको लोकतान्त्रिक आन्दोलनमा नेपालको पनि सहयोग थियो ।
नेपाल–भारत सम्बन्ध बिग्रिनुमा एमालेको दोष छैन त ?
होइन, संविधानको मामिलामा नेकपा एमालेको कुनै दोष छैन । अरु विषयमा पनि नेकपा एमालेले भारतलाई अरु हिसाबले पाखा लगाउा वा भारतप्रति हामीले विद्वेष पैदा गरौं भन्ने हिसाबले कुनै पनि काम गरेका छैनौं ।
तर तपाईको पार्टीले चिनियाा कार्ड प्रयोग गरेको आरोप छ नि ?
यो गलत कुरा हो । चिनियाा कार्ड किन प्रयोग गर्नुपर्यो । ओलीजीले नेपाली हितको कुरा उठाउनुभयो, नेपाली स्वाभिमानको कुरा उठाउनुभयो, त्यही रूपमा बुझ्नुपर्छ । देशको हितमा बोल्यो, आवाज उठायो भनेर नकारात्मक धारणा बनाउनु कुनै जरुरी छैन । भारतलाई हामीलाई असल मित्रको रूपमा नै हेर्छौं । यस अर्थमा भारतसितको सम्बन्धलाई हामीले महत्व दिएका छौं । तर यसको अर्थ यो होइन कि मित्रले मित्रको घरको आन्तरिक मामिलामा हात हालोस् भनेर महत्व दिएका होइनौं ।
संविधान कार्यान्वयनमा भारतको सहयोग चाहिन्छ कि चाहिादैन ?
संविधान कार्यान्यवन गर्नका लागि सबैको सद्भाव चाहिन्छ । तर कसैले पनि समस्या खडा नगरुन् भन्ने हाम्रो चाहना हो । नेपालको आन्तरिक विषय नेपाली आफैले हल गर्नका लागि सबैले सहयोग गरुन् भन्ने हाम्रो चाहना हो ।
उसो भए संविधान संशोधनमा आजको दिनमा एमाले किन तयार हुादैन त ?
कसैलाई संविधान संशोधन गर्नुपर्छ भन्ने लागेको छ भने जनतामा जाने अनि जनमत बनाउने र दुईतिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्ने हो । त्यसैले हामीले यो भन्दा भिन्न ढंगले चल्ने काम गर्नु हुादैन । संशोधन गर्नैपरे सबैको चित्त बुझाउ तर कसैको दबाबमा नपर । सबैको हितमा छ भने कुरा गरौं, नभए प्याण्डोराको बाकस खोल्ने काम नगरौं । सबै कुरा बुझेर मात्रै चल्नुपर्छ । लहैलहैको भरमा चल्नु हुादैन । अब देश विकासको एजेण्डामा लाग्नुपर्छ । साना तिना कुराहरूमा नअल्झिऔं ।
– प्रस्तुति ऋषि धमला
















