दुई वर्षभन्दा बढी एउटै चस्मा लगाउादा आाखाको दृष्टि गुम्नसक्छ
एकपटक लगाइसकेको चस्मा कम्तीमा दुई वर्षको अवधिमा परिवर्तन गर्न वैज्ञानिकहरुले चेतावनी दिएका छन् । सूर्यबाट निस्कने विकिरणका कारण लेन्स काम नलाग्ने हुने भएकाले उक्त लेन्समार्फत परावैजनी किरण आाखामा छिर्ने वैज्ञानिकहरुको दाबी छ । लामो समयसम्म एउटै लेन्सको प्रयोग गर्दा उक्त लेन्सबाट पर्याप्त मात्रामा परावैजनी किरण फिल्टर नभई आाखामा जाने भएकाले त्यसले आाखामा समस्या ल्याउने र आाखाको दीर्घकालीन समस्या हुने तथा दृष्टि समेत गुम्न सक्ने वैज्ञानिकहरुको भनाइ छ ।
ब्राजिलका शोधकर्ताहरुले हालै लेन्सको गुणस्तरमा गरेको अध्ययनअनुसार लेन्सले निश्चित समयसम्म मात्र परावैजनी किरणलाई फिल्टर गर्ने पाइएको छ । उनीहरुका अनुसार नयाा अध्ययनले लेन्सहरु दुई वर्षसम्म मात्र प्रयोग गर्न उपयुक्त हुने पाईएको छ । सूर्यको प्रकाश विश्वभरमा फरक–फरक ढंगले आउने भए पनि केही मुलुकहरुमा भने गर्मी र सुख्खायाममा सूर्यको प्रकाशमा अल्ट्राभाइलट अर्थात् परावैजनीको मात्रा अत्यधिक हुने शोधकर्ताहरुले जनाएका छन् ।
उत्तरी गोलार्धको तुलनामा दक्षिणी गोलार्धमा चस्मा लगाउनेहरुले छिटो–छिटो लेन्स परिवर्तन गर्नुपर्ने वैज्ञानिकहरुको तर्क छ । वैज्ञानिकहरु अनुसार सूर्यको किरणमा हुने परावैजनीको असरका कारण चस्माको लेन्स पनि कमजोर हुने भएकाले सहजै फुटाउन सकिने तर्क गर्छन् । पर्याप्त मात्रामा लेन्सको सुरक्षाको ध्यान नदिई चस्मा प्रयोग गर्दा आाखा सुन्निने तथा दृष्टिसमेत गुम्न सक्ने शोधकर्ताहरुको दाबी छ ।
सनफाउलो विश्वविद्यालयका प्रोफेसर लिलिएनी भेन्चुरा भन्छन्, ‘नेत्र स्वास्थ्य विश्वभर निकै गम्भीर विषय बन्दै गएको छ । कतिपय मुलुकहरुमा त गर्मीयाममा अल्ट्राभाइलटको इन्डेक्स निकै उच्च रहेको छ ।’ प्रोफेसर भेन्चुरा दक्षिणी गोलार्धका अधिकांश मुलुकहरुमा लेन्सको मापदण्ड अल्ट्राभाइलेटको सुरक्षाका हिसाबले उपयुक्त नरहेको जनाउाछन् । उनी भन्छन्, चस्माले सूर्यबाट आउने परावैजनीलाई फिल्टर गर्न निकै महत्वपूर्ण भूमिका खेल्छ । हालै युरोप, अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अमेरिकामा गरिएको अध्ययनले कम गुणस्तरको लेन्सले कसरी सूर्यको प्रकाश सम्पर्कमा आउादा आाखालाई असर गर्छ भन्नेबारेमा जााच गरिएको थियो । यो अध्ययन रिपोर्ट जर्नल बायो मेडिकल इन्जिनियरिङ अनलाइनमा प्रकाशित भएको थियो ।

















