भूकम्पपीडितको मन डढेको डढ्यै छ

307

 दीपेन्द्र रोकाया

फूलपातीको दिन गोदावरीस्थित रेडियो पर्यावरणबाट शुभकामना दिादै भनेको थिएा– धर्मनिरपेक्ष घोषित मुलुकमा दशौालाई उच्च मान्यता दिनुपर्दछ र पर्दैनको बहसमा नअल्झिन अनुरोध गर्दछु । बरु दशौा मान्नेहरूमा यसभित्रका अवैज्ञानिक तथा रुढीवादी चलन त्यागी वैज्ञानिक तथा समाजवादी चेतना आओस् । हुनेखानेहरूको देखासिकीको भरमा चली दशौा दशा नबनोस् । यो दशौा भेटघाट गर्ने र प्रेरणा लिने–दिने अवसरको रूपमा प्रयोग होस् । दशौ नमान्नेहरूले पनि यसलाई अछूत नसम्झी हाम्रो पनि यस्तै पर्वहरू छन् भन्ने ठानेर यस अवसरमा केही सार्थक काममा लागून् । हरेक चाडबाड तथा संस्कारको ऐतिहासिक महत्व रहेको हुन्छ, त्यसको सही व्याख्या र विश्लेषण युगसापेक्ष हुनुपर्दछ । यसबारे सम्बन्धित क्षेत्रका अध्येताहरू अघि सरी पूरा गरुन् । देश–विदेशका हिन्दूजनलाई दशौको शुभकामना !

त्यसैदिन ससुराली गाउातिर लागो । बस खचाखच थियो । यसपालि साागा भञ्ज्याङ पनि जाममा परेको देखियो । करिब २ घण्टा भक्तपुरमै बिताउनुपर्‍यो । बल्लतल्ल बस अंधेरी पुग्यो । म ओर्लेर सरासर उकालो लागो । भुइाचालो र पहिरोले थला परेको गाउाठाउा देख्न थाले । गतवर्षकै रूपरंगमा गाउाहरू देखिए । जति केटाकेटी र महिलाहरूमा उत्साहजनक रूपमा आवतजावत देखिन्थ्यो, त्यो अनुपातमा युवा र बुढापाकामा रौनक देखिएन । कारण बुझ्ने कोसिस गर्दा नेपालको सरकार र नेपाली समाजका कारण हरेकमा उदासीनता आएको देखियो । जसरी आगोले डढाएजस्तो सालघारी देखियो, त्यसरी नै आवश्यकता, चाहना र परिस्थितिले मान्छेहरू रुखोसुखो बन्दै गएका रहेछन् भन्ने बोध भयो ।

सालघारीको सालको पातमा एक प्रकारको किरा लागेकाले सालघारी आगलागीमा परेजस्तो देखिएको रहेछ । त्यसले गर्दा आगोले खाएजस्तो वन देखिएको रहेछ । तर भूकम्प तथा पहिरो पीडितहरूको मनमा नेपाल सरकार अभिभावक बन्न सकेको देखिएन । जसका कारण न अहिलेसम्म घर बनेका छन्, न सुरसार छ, न त विश्वस्त भएर घर बनाउनका लागि चाहिने सामान जोरजार पार्न तयार भएका मान्छे भेटिए । हरेकले भूकम्प जाादा कच्याककुचुक परेको टिन र केही राहत तथा आफ्नै बुत्ताले किनेको टिनले बारेको कटेजमा गुजरा चलाइरहेका छन् । त्यसमा धान, कोदोले फूल फुल्ने बेला पानी परिरहेकाले फल लाग्न दिने अवस्था छैन । यो पीडा पनि थोपरिएको देखियो । यसरी हेर्दा वन डढेको सबैले देख्लान् तर जनताको मन डढेको कसले देख्ला र ? भन्ने लाग्न थालेको छ ।

भूकम्पपछि तातोपानी नाका बन्द छ । यसले गर्दा यस क्षेत्रको व्यापार व्यवसाय ठप्प छ । सरकारले भूकम्पपीडितलाई पहिलो किस्ताबापत ५० हजार दशौअघि दिएछ । त्यो रकम चाडबाड मनाउन र कतिपयलाई जुवाखाल तथा रक्सी भट्टीमा बसेर हल्ला गर्ने आधार बनाएको पनि पाइयो । केहीले सरकारी योजना पर्खादा अघिल्लो वर्ष हैरान खेपेकाले आफ्नै तरिकाले घर बनाइसकेछन् । तर उनीहरूलाई सरकारी प्रावधानअनुसार अनुदानमा किचकिच हुने चर्चा सुनियो । अधिकांशले सरकारले दिने भनेको तीन लाख पाउन घडेरीको जग खार्ने योजना बनाइरहेको देखियो । तर जनशक्तिको अभावमा त्यो कार्य सोचेजस्तो सम्पन्न गर्न गाह्रो रहेको अनुभव सुन्नमा आयो । त्यसमा केही मान्छे भन्दै थिए कि सरकारले दिने भनेको थप तीन लाख ऋण पनि अनुदानमा परिणत गरेको भए सरकारको नाम हुन्थ्यो । हरेकका आ–आफ्नै सोच देखापर्‍यो ।

भूकम्पपीडितका सम्बन्धमा गहिरिएर भन्ने हो भने यो देशमा सरकार छ भन्ने अनुभूति रत्तिभर हुादैन । यदि यो देशमा सरकार थियो र छ भने अथवा जारी भएको नयाा संविधानले कल्पेको समाजवाद उन्मुख देश हो भने भूकम्प महाअवसर हो । त्यो मौका अझै रहेको छ । देशको आमूल परिवर्तनको सोच राखेर जनयुद्ध समेत गरेको पार्टीको अध्यक्षको नेतृत्वको सरकार छ । प्रचण्डले यो सरकार गठन हुादा पनि भनेका थिए कि यो मैले जनताको लागि सरकार चलाउने अन्तिम पटक हो । सोहीअनुसार पहिलो मन्त्रिपरिषद् बैठकबाट जनताको सरकारका रूपमा लिने निर्णय गरेका थिए । यद्यपि यसबीचका गतिविधि हेर्दा केही नयाा प्रगति देखा पर्दैन ।

फेरि पनि भन्नै परेको छ कि, नेपालको लागि भूकम्प महाअवसर मानी भूकम्पपीडित क्षेत्रका घरहरू बनाउन सरकारबाट प्रतिपरिवार जे जसरी रकम आउने निर्णय भएको छ, त्यसलाई घर निर्माण कम्पनीहरूलाई जिम्मा दिएर एकीकृत वस्ती विकास गर्न सकेमा एउटै मोडलमा घरहरू निर्माण हुने देखिन्छ । गाउामा युवा जनशक्ति नभएको अवस्थामा यहाा घरहरू सजिलै निर्माण हुन सम्भव छैन । यसो भएकाले अझै यो हिउाद चिसोमा बित्ने र अर्को वर्षामा पानीले सताउने नै छ । यो दुरवस्थालाई ख्याल गरी सरकार छ भन्ने अनुभूति दिने हो सरकारले घर उपलब्ध गराउने गरी निर्माण कम्पनीलाई जिम्मा दिनुपर्ने देखिएको छ ।

यतिबेला मधेश समस्याले देश न उाभो लाग्न पाएको छ, न त निकास पाएको छ । भारतको गोवामा चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट भयो । यही भेटघाट भइरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चियोचर्चो गर्न पुगे । उनको यो अशिष्टाचारले कूटनीतिक मर्यादा मिचेको देखियो । प्रधानमन्त्री मोदीको प्रस्तुति यस्तो देखियो भने उनको नेपालस्थित राजदूतावासमा कार्यरत हुने राजदूतहरूको कार्य व्यवहार अस्वाभाविक लाग्दो मान्नुपर्ने रहेनछ भन्ने देखियो । तर यसलाई पनि सकारात्मक रूपमा नेपालका प्रधानमन्त्रीले उपयोग गरेको पाइयो । यही भेटघाटमा प्रचण्डले त्रिदेशीय साझेदारीको कुरा उठाउनु रणनीतिक महत्व राख्दछ । यसैले जनताको सरकारका विरुद्ध विपक्षीहरूले जे जति विरोध गरे पनि देश उाभो लगाउने बाटो रोज्ने हो भने नेपालमा केही गर्ने र स्थानीय निर्वाचनबाट वैधानिकता दिने समय आएको छ । सरकारसाग जनताको काम गर्ने इच्छाशक्ति रहनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here