तस्कर पहिचान भए पनि पक्राउ गर्न प्रहरी असफल

196

काठमाडौं ÷ राष्ट्रबैंकले नियमपूर्वक एक महिनामा १५ किलो सुन नेपाल भिœयाउँछ । तर तस्करले भने एक पटक ३३ किलो सुन नेपाल भित्र्याएपछि अहिले सर्वोपरी तस्करीको जालो खोज्न प्रहरीलाई हम्मेहम्मे परिरहेको छ । सुन तस्करीमा संलग्नताको बारेमा प्रहरी अधिकृतहरूले समेत तस्करको पहिचान भईसकेको तर आवश्यक प्रमाण नपुगेका कारण प्रक्राउन गर्न ढिला भएको स्पष्टीकरण दिंदैआएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार गरेको ३३ किलो सुन गौशालाको पिंगलास्थानमा बरामद गरेको थियो । सुन बरामद गरे पनि तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिररहेको छ । ३३ किलो सुनसहित समातिएका भरियाले सुनको मालिक पहुँचवाला व्यक्तिहरू रहेको बयान दिएपछि सिआइबीलाई सुन काण्ड ‘नखाँउ भने दिनभरको शिकार खाउँ भने कान्छो बुबाको अनुहार’ भनेजस्तै भएको देखिन्छ । यद्यपि अनुसन्धान व्युरोका डिआइजी नवराज सिलवाल प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउने दावी गरिरहेका छन् । डिआइजी सिलवालले वास्तविक मानिसको पहिचान गरिसकेको दावी गरेबाट सुन तस्करको मूल नाइके पहिचान भइसकेको पुष्टि हुन्छ । सिलवालका अनुसार सुन तस्करीमा ठूलै व्यक्तिहरूको संलग्नता रहेको देखिएको छ । उनले अनुसन्धान जारी रहेको र दबाब र प्रभावमा नपरी घटनाको सत्यतथ्य सार्वजनिक हुन्छ भनेर आफ्नो अडान दोहो¥याइरहेका छन् । गत २१ पुसमा संयुक्त अरब इमिरेट्सको शारजाँह विमानस्थलबाट अप्रत्याशित रूपमा नेपाल भित्रिएको ३३ किलो सुनका भरियाहरू मात्र हालसम्म प्रहरी कब्जामा परेका छन् ।
सुनसहित पक्राउ परेका गोपालबहादुर शाहीले बयान दिएपछि मोरङका दिलबहादुर थापा र धनुषाका सन्तोष काफ्लेलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरूको बयानका आधारमा सुन तस्करीमा पहुँचवाला व्यक्तिकै संलग्नता खुल्न आएको डिआइजी सिलवालको भनाइ छ । सुन बोकेर आएका ३ जनाको बयानको आधारमा प्रहरीले भन्सार कार्यालयका २ अधिकृतलाई पनि नियन्त्रणमा लियो । प्रहरीले भन्सार कार्यालयका अधिकृतहरू श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेर केरकार सुरु गरेपछि भन्सारमै कार्यरत एक जना प्रहरी अधिकृत कारबाहीको दायरामा तानिए । यति भइसक्दा पनि मूल तस्कर सार्वजनिक हुन नसक्नुले नेपाल सरकारलाई नै हल्लाउन सक्ने शक्ति भएको अन्तर्राष्ट्रिय गिरोह नै भएको अनुमान गर्न सकिने भएको छ ।
भन्सारका कर्मचारीका बयानको आधारमा प्रहरी प्रधान कार्यालयले विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई विमानस्थलबाट प्रधान कार्यालय तानेको छ । अनुसन्धानकै लागि अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलाई समेत गृह मन्त्रालय तानिएको छ । प्रहरीले अनुसन्धान गर्दै जाँदा ९ माघमा भन्सार कार्यालयका नायव सुब्बा श्याम श्रेष्ठ पनि पक्राउ परेका छन् । सुनका भरियाको बयानका आधारमा भन्सारका कर्मचारीलाई धमाधम पक्राउ गरिरहेको सिआइबीले सुन तस्करीमा संलग्न पहुँचवालालाई पक्राउ गर्न नसक्नुका पछाडिको कारण के हुनसक्छ ? संसद्को अर्थ समितिले सुन तस्करीबारे छानबिन तथा जाँचबुझ गर्नका लागि अधिकार सम्पन्न समिति गठन गर्न समेत निर्देशन दिइसकेको छ । अर्थ समितिको २७ पुसको बैठकले अनुसन्धानका लागि अधिकार सम्पन्न समिति गठन गर्न प्रधानमन्त्री कार्यलयलाईसमेत पत्राचार गरिसकेको छ । त्यस्तै अर्थ मन्त्रालयले दोषी पत्ता लगाएर कडा कारवाही गर्न, अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था सुधार्न विभागीय मन्त्रालयलाईसमेत निर्देशन दिएको थियो । समितिले निर्देशन दिए पनि विमानस्थल सुधार तथा सुरक्षा कडाइका लागि केही पहल भएको देखिँदैन । अनुसन्धानमा भइरहेको ढिलाइले गर्दा आम जनमानसमा सरकारका जिम्मेवार निकायप्रति नै आशंका पैदा गराएको छ ।
यसैबीच उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको दावी गरेका छन् । उनले भन्सारका कर्मचारीहरूको सेटिङ फेरबदल गरेर छानविनलाई सहज तुल्याउन भन्सार विभागका महानिर्देशकलाई निर्देशनसमेत दिइसकेका छन् । जनधारणालाई प्राप्त जानकारीअनुसार नेपाल प्रहरीले चाहेर पनि सुन तस्करीको मुख्य मालिकलाई पक्राउ गर्न सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय गिरोहको नाइके भारतकै नेतृत्व तहमा रहेको व्यक्ति भएकाले नेपाल प्रहरी त्यहाँसम्म पुग्न असम्भव रहेको दावी सूत्रले ग¥यो । जनधारणाले अघिल्लो अंकमा पनि सुन तस्करीको सञ्जाल भारतबाट सेटिङ मिलाइएको समाचार सम्प्रेषण गरेको थियो । सो समाचारको सत्यता नेपाल प्रहरीबाट छानविनमा भइरहेको ढिलाइले पनि पुष्टि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here