कसले दियो यस्तो सुविधा भारतलाई ?

181

काठमाडौं÷ नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवाले वायुयानभित्र हातहतियारसहितका सुरक्षाकर्मी (एयरमार्सल) राख्ने बाटो खुलेको छ । नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ ले इनफ्लाइट सेक्युरिटी अफिसर राख्न पाउने बाटो खोलेको हो । नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर सुरक्षाकर्मी राख्न पाइन्छ । नियमावली कार्यान्वयनमा आइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरूले भने विमानस्थल व्यवस्थापनलाई जानकारी गराएर कुनै पनि विमानले एयरमार्सल राखेको जानकारी नभएको जनाएका छन् ।
यसैबीच भारतले लिंदै आएको एयरमार्सल राख्ने सुविधा कसले र किन दियो ? भन्ने प्रश्न उठाउँदै नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण र नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका छन् । यस्तो सुविधा दिइनु गम्भीर राष्ट्रघात भएको दावी यी दुवै नेताहरूको रहेको छ । भारतले यो सुविधा पाउन हिसिला यमि पर्यटनमन्त्रीमा कार्यरत हुँदैदेखि प्रयास गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here