तेरियाले नाचेर देखाइन् नेपाली क्षमता

322

रुपन्देही रुद्रपुरकी १४ वर्षीया तेरिया फौजा मगरले बलिउडमा चमत्कार देखाउँदै चर्चित रियालिटी शोको उपाधि जितेकी छन् । उनले भारतीय टेलिभिजन च्यानलहरुबाट प्रसारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा सिजन ९’ को उपाधि जितेकी हुन् ।
उनले भारतकै २ प्रतिस्पर्धी सलमान युसुफ खान र शंतानु महेश्वरीलाई पछि पर्दै ‘झलक दिखला जा’ को उपाधि जितेर नेपालीहरुको शान बचाएकी छन् । उनले फाइनल चरणमा सलमान यूसूफ खानलाई भोटिङको आधारमा उछिनेकी हुन् । तेरियाले उपाधि जित्नुमा विश्वभरि रहेको नेपालीहरुको ठूलो सहयोग रहेको थियो । उनलाई फाइनल चरणमा विश्वमा रहेका नेपालीहरुले अनलाइन भोटिङ, एसएमएस भोटिङ गरेका थिए ।
उपाधि जितेसँगै उनले नगद भारु ३० लाख, रेनाल्ट डस्टर ब्रान्डको कार जितेकी छिन् । उनी ‘डान्स इन्डिया डान्स २०१४’ को विजेता भएकाले ‘झलक दिखला जा’ मा प्रवेश पाएकी थिइन् । तेरियाले सन २०१४ सालमा ‘डान्स इन्डिया डान्स’को उपाधि पनि जितेकी थिइन् ।
उपाधि जितेपछि आफूलाई बलिउडमा प्रवेश गर्ने चाहना भएको प्रतिक्रिया दिएकी उनलाई बलिउड नायक ऋतिक रोशनले आफूसँग चलचित्रमा काम गर्ने अफर दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here