‘हिटलर’मा सामिया राणा खानदानकी छोरी बन्दै

283

नवनायिका सामिया बर्तौलालाई राणा खानदानकी छोरीको रुपमा देखाउँदै चलचित्र ‘हिटलर’को फस्टलुक रिलिज गरिएको छ । साथमा, चलचित्रको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउँदो जेठ १२ गतेबाट लभस्टोरी तथा कमेडीको यो चलचित्र देशभरका हलमा रिलिज हुनेछ ।
सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको फस्टलुक एकसाथ सार्वजनिक गरेका थिए । अष्टनारायण पिक्चर्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ ।
चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायतका कलाकारको अभिनय छ । नायक सोहित मानन्धरले यो चलचित्रमा आफू फरक भूमिकामा देखिएको जनाएका छन् । नायिका सामिया बर्तौलाले चलचित्रको कथावस्तु मन परेकाले काम गरेको खुलासा गरिन् । चलचित्रमा नायक सोहित मानन्धर नेवार खानदानको युवाको रुपमा देखिएका छन् । चलचित्रमा समावेश ‘मःम चाउमिन’ बोलको गीत अहिले हिट भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here