उपेन्द्र यादवमाथि कारबाही

147

काठमाडौं÷ संविधान संशोधन नगरी स्थानीय निर्वाचनमा भाग लिएको भन्दै संघीय गठबन्धनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्दै हटाएको छ । राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा गत शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई कारबाही गरी उक्त पदमा राजपाका नेता महन्थ ठाकुरलाई नियुक्त गरेको छ । यादव नेतृत्वको फोरम डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग मिलेर स्थानीय निर्वाचनमा होमिएको छ । बैठकपछि जारी विज्ञप्तिमा यादवले संघीय गठबन्धनको निर्णय, मूल्य, मान्यता, सिद्धान्तविपरीत काम गरेकोले उनलाई हटाइएको जनाइएको छ । मधेशका मोर्चामा आबद्ध २९ दलभन्दा उपेन्द्र यादवको फोरमको राम्रो प्रभाव रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here