यति एयरलाइन्स र युएनबीच सम्झौता

459

काठमाडौं/ यति एयरलाइन्स र नेपालस्थित संयुक्त राष्ट्रसंघबीच दिगो विकासको लक्ष्य हासिल एवं प्रवद्र्धन गर्न सम्झौता भएको जनाइएको छ । यो सहकार्यले वातावरण परिवर्तन अनुकूल, गरिबी न्यूनीकरण र लैंगिक समानता लगायतका क्षेत्रसाग सम्बन्धित लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाा र दिगो व्यावसायिक मोडेलको खोजी एवं प्रवद्र्धन गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाललगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्ने निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ ।
ललितपुरको पुल्चोकस्थित युएन हाउसमा भएको समझदारी पत्रमा युएनडिपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलाइन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here