Coupon

काठमाडौं । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेन्जका निश्चित शाखाहरूमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरूलाई घडी उपहारको व्यवस्था गरेको छ । योजनाअनुसार प्रथम कारोबारमा सेवाग्राहीहरूले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्नु सक्नेछन् । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागू हुनेछ ।
आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १६औं वर्षसम्ममा नेपालका शहरी र ग्रामीण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका छ हजार एक सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here