दक्ष जनशक्तिको व्यवस्थापनबारे चिन्ता

653

काठमाडौं/ नेशनल ओपन कलेज (NOC) र नोबेल कलेजका सञ्चालकहरुले स्वास्थ्य सेवामा व्यवस्थापन (Health Care Management) शिक्षाको आवश्यकताबारे सरकारको ध्यानाकर्षण गराएका छन् । आज ललितपुरको सानेपास्थित नेशनल ओपन कलेजमा पत्रकार सम्मेलन गरी कलेज संञ्चालकहरुले पत्रकार सम्मेलन गरी अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने डाक्टर र नर्सहरुनै व्यवस्थापनमा लाग्नु पर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्य सेवामा व्यवस्थापन शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिएका छन् । पोखरा विश्वविद्यालयको सम्बन्धनमा १८ वर्ष अगाडि सञ्चालमा आएको नेशनल ओपन कलेजले स्वास्थ्य सेवा व्यवस्थापनमा स्नातक, स्नातकोत्तर र पोष्ट ग्राजुएट डिप्लोमा पढाइ सुरु गरेकोे जनाएको छ । नेशनल ओपन कलेजले गरेको दाबी अनुसार एसियाली देशहरुमा नै यस प्रकारको शिक्षा नेपालमा सर्वप्रथम यस कलेजले प्रारम्भ गरेको हो ।
स्वास्थ्य सेवा व्यवस्थापन शिक्षा अति नै आवश्यक भएपनि यो शिक्षा हासिल गरिसकेका जनशक्तिका लागि नेपाल सरकारले महत्व नदिएको भन्दै पत्रकार सम्मेलनमा नेशनल ओपन कलेजका प्रिन्सिपल प्रो.ई.शितल कुमार कार्की र नोबेल कलेजका अध्यक्ष नवराज पाण्डेबाट दक्षजनशक्तिलाई व्यवस्थित गर्न पदको सृजना गरी लोक सेवा आयोगबाट पनि शिक्षित जनशक्तिको व्यवस्थापन गर्नु आवश्यक रहेको सुझाव पत्रकार सम्मेलनमा दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here