ल्याण्डलाइनका विभिन्न सेवा निःशुल्क

195

काठमाडौं । नेपाल टेलिकमले यसअघि सशुल्क प्रदान गर्दै आएका ल्याण्डलाइन टेलिफोनअन्तर्गतका विभिन्न सेवा निःशुल्क गरेको छ । टेलिकमले फोन गरेको नम्बर देखिने सुविधा (कलर आईडी) सेवा एवम् कल डाइभर्टलगायत पूरक सुविधा निःशुल्क दिने भएको हो । ल्याण्डलाइन टेलिफोन सेवाअन्तर्गतका विभिन्न सेवा लिँदा लाग्ने शुल्क साउन १ गतेदेखि हटाइएको नेपाल टेलिकमले बताएको छ ।
टेलिकमले आईएसडी सेवा आफैले बन्द गर्न र खोल्न सकिने, बारम्बार डायल गर्नुपर्ने नम्बरलाई कुनै दुई अंकमा सेभ गरी अंक थिचेर नम्बर डायल गर्न सकिने एवम् कल डाइभर्ट हुने र कल ट्रान्सफर सुविधा पनि निःशुल्क गरेको छ । कलर आईडी सुविधा लिनका लागि दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्छ । अन्य सुविधा भने ग्राहकले आफै नै लिन सक्नेछन् । यसका लागि विभिन्न कोडको व्यवस्था गरिएको नेपाल टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here