काठमाडौं । एनएमबी बैंकले आ.व. २०७४÷७५ को शुरुवातसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबी एकेडेमीको सुरुवात गरेको छ । एकेडेमीको मुख्य उद्देश्य बैंकको कर्मचारीहरूलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी उनीहरूलाई भविष्यमा आइपर्ने सबै प्रकार चुनौतीहरूको सामना गर्न सक्षम बनाउनु रहेको छ ।
‘यो आफ्नै प्रकारको पहिलो प्रयास हो । बैंकिङ क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा सञ्चालन गर्ने सम्भवतः एनएमबी पहिलो बैंक हो । एनएमबी एकेडेमी सञ्चालन हाम्रो सफलताको एक अर्को कोसेढुंगा साबित भएको छ,’ एनएमबी एकेडेमीको उद्घाटनका अवसरमा एनएमबी बैंकका कार्यकारी अधिकृत सुनील केसीले जनाए ।
एनएमबी एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम भई उनीहरूलाई उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग पु¥याउने बैंकले जानकारी दिएको छ ।


















