सत्ता गठबन्धन परिवर्तन गर्न खेल सुरु

258

वाम सहकार्यको लागि माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डलाई सुझाव

काठमाडौं/ स्थानीय तह निर्वाचन सम्पन्न गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर सत्ता गठबन्धन गर्न पुगेको नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न नहुँदै प्रचण्डको ठाउँमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि कांग्रेस मनपरी ढंगले हिंड्न थालेकोे आरोप माओवादी केन्द्रले लगाएको छ । सहमति विपरीत कामहरु गर्दै जान थालेपछि तीन साता अघि सत्ता गठबन्धनमा हुन सक्ने सम्भावित फेरबदलबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक लबिङ सुरु गरेको खुलासा भएको छ । प्रचण्डले पार्टीको आन्तरिक बैठकमा समेत यस्तो विचार व्यक्त गरेको समाचार प्राप्त भएको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार अध्यक्ष प्रचण्डले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मनपरी ढंगले निर्णयहरु गर्दै जान थालेको गुनासो राख्नुभएपछि कांग्रेससँगको सहकार्यबाट अलग भई वाम गठबन्धनको तयारीमा लाग्न बैठकमा सहभागीहरुबाट सुझाव प्राप्त भएको छ ।

 
यसैबीच माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको भन्दै सो मुद्दामा कांग्रेस सहमत नभए मुद्दामा सहमति जनाउने शक्तिसँग सहकार्य गर्न सकिने संकेत पनि अध्यक्ष प्रचण्डले बैठकमा दिनुभएको सहभागी सदस्यले जनाएका छन् । ललितपुरमा आयोजित पार्टीको ३ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको मुद्दामा सहमति जनाउन आपूmले आग्रह गरेका र कांग्रेसले मान्ने संकेत नगरेकाले कांग्रेससितको सहकार्य टुट्न सक्ने जानकारी पिनि गराउनु भएको थियो । अध्यक्ष प्रचण्डले ‘विकास र स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख देशका लागि अनिवार्य आवश्यकता बनिरहेको भन्दै अब हामी यही विषयलाई मुख्य मुद्दा बनाएर जनताबीच जानुपर्ने अवस्था विकसित भएको जनाउसमेत सो क्रममा दिनुभएको थियो । प्रचण्डले सत्ता समीकरणको नयाँ सम्भावनातर्पm संकेत गर्दै भन्नुभयो– ‘यस विषयमा अन्य राजनीतिक शक्तिसँग पनि सहकार्य र संवाद चाहिन्छ । हामी कांग्रेसलाई यो मुद्दामा सहमति जनाउन आग्रह गर्छौँ । र, भनिदिन सक्छौं, कार्यकारी राष्ट्रपतिको मुद्दामा कांग्रेसले सहमति जनाएन भने विकल्प पनि खोज्न सक्छौँ । हामीले त्यसमा सहमति जनाउने पार्टी पनि पाइसकेका छौं ।’

 
प्रचण्डको यस्तो संकेतबारे जनधारणाले जिज्ञासा राख्दा सहभागी एक केन्द्रीय सदस्यले नेकपा (एमाले) नै सत्ता गठबन्धनको विकल्प हुनसक्ने जानकारी गराए । अध्यक्ष प्रचण्डलाई पार्टीभित्रबाट वर्तमान सत्ता गठबन्धनबाट अलगत भई वाम गठबन्धनको सरकार निर्माणका लागि विशेष पहल गर्न र आगामी निर्वाचनमा वामपन्थी दलहरुसँगै सहकार्य गरेर अघि बढ्न सुझाव मिलेको पनि ती सदस्यले जनधारणालाई जनाएका छन् । अध्यक्ष प्रचण्डले सहकार्यका लागि वाम गठबन्धन मात्र नभई जुन–जुन शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सवालमा सहमति जनाएर सहकार्य गन चाहन्छन् ती शक्तिहरुसँग तालमेल मिलाएर अघि बढ्न सकिने विचार बैठकमा राख्नुभएको स्रोतले जनाएका छ । स्थीर सरकार निर्माणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख नै तत्कालको उपयुक्त विकल्प भएको तर्क अध्यक्ष प्रचण्डले राख्नुभएको थियो । आर्थिक समृद्धि हासिल गर्न, राष्ट्रिय एकता बलियो बनाउन र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउन स्थीर सरकार आवश्यक रहेको र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी रहने प्रणाली आवश्यक हुने विचार राख्दै अध्यक्ष प्रचण्डले यस्तो प्रणालीले मात्रै हिमाल, पहाड र तराई–मधेशलाई जोड्ने सक्ने विचार राख्नुभएको थियो ।

 
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी र देशभक्तहरुको एकताको नेतृत्व माओवादी केन्द्रले नै गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो । उहाँले स्थानीय तहको निर्वाचनमा हामी प्रतिस्पर्धामा गयौं तर हामीलाई कमजोर बनाउन हाम्रै पार्टीबाट विभाजित भएका कमरेडहरु आ–आफ्ना गुट लिएर निर्वाचनमा जानुभयो । त्यसले अरु कसैलाई नोक्सानी नपु¥याएर माओवादी केन्द्रलाई कमजोर बनाउने काम मात्र गरेको विचार राख्नुभयो । बाबुरामजी, वैद्यजीहरु र विप्लवजीहरु पनि चुनावमा जानु नै थियो भने पार्टी विभाजनको आवश्यकता किन प¥यो ? हामीलाई हराउनकै लागि उहाँहरुले चुनावमा सहभागिता जनाएको जनताले बुझिसकेका छन् भन्दै प्रचण्डले जनताबाट हामी माओवादी धारका सबैलाई एकता गरेर मात्र चुनावमा आऊ भन्ने सन्देश दिएको कुरा अब सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
यसैबीच बैठकले लिएका निर्णयबारे जानकारी गराउँदै अध्यक्ष प्रचण्डले पार्टीभित्र वैचारिक अस्पष्टता र संगठनात्मक समस्याबारे गम्भीर छलफल भएको र अब हामीले यो अवस्थालाई चिर्दै अगाडि बढ्ने समझदारी भएको जानकारी गराउनुभयो । बैठकले पार्टीको मूखपत्र प्रकाशन गर्ने कामलाई व्यवस्थित बनाउन पार्टीको आधिकारिक धारणा बोकेको पत्रिका प्रकाशन गर्ने र पार्टी स्कूल सञ्चालन गर्ने समेत निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराउनु भएको छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here