काठमाडौं, तानसेन रानीघाट सडक अवस्था सुधार नहुँदा नेपालको ऐतिहासिक पर्यटकीयस्थल रानीमहलसमा पर्यटक आवागमनमा कमी आएको जनाइएको छ ।

तानसेनबाट करिब १२ किलोमिटरको दूरीमा उत्तरमा पर्ने पर्यटकीय रानीमहलसम्म पुग्ने सडक पिच तथा मर्मत गर्ने कार्य अहिले अलपत्र अवस्थामा रहेको जनाइएको छ । यसका कारण त्यहाँसम्म पुग्ने सडक नियमित सञ्चालन नहँुदा सो स्थलमा घुम्न आउने पर्यटक तानसेनबाटै फर्कन बाध्य भएका हुन् ।

यस सडक निर्माण कार्य एक महिनायता ठप्प रहँदा पर्यटक एवं यस सडकखण्ड भएर आवतजावत गर्ने स्थानीय मारमा परेका छन् । सडक पिच गर्ने कार्य भइरहेको र अहिले वर्षात्का कारण निर्माण कार्य प्रभावित हँुदा सवारीसाधन नियमित सञ्चालन हुन सकिरहेको छैन ।
सो सडकखण्डअन्तर्गत रहेको साँघु खोलामा ठेकेदारले मनपरि ढुंगा निकालेपछि सवारीसाधन सञ्चालनमा समस्या झन थपिएको हो । खोलाबाट मनपरि ढुंगा निकाल्दा खाल्डो पर्दै गएपछि रानीमहलसम्म पुग्ने पर्यटकलाई वारपार गर्नसक्ने अवस्था नरहेको जनाइएको छ ।

अविरल वर्षाले काम गर्ने वातावरण अनुकूल नभएको जनाइएको छ । साँघु खोलामा परेको खाल्डोलाई पुनः जाली भर्ने तयारी भइरहेको जनाइएको छ । आउँदो भदौसम्म सक्नुपर्ने योजना भए पनि एक महिनायता वर्षाका कारण काम प्रभावित हँुदा तोकिएको समयमा सम्पन्न गर्न समस्या भएको जनाइएको छ ।
सडक पिच गर्ने कार्य भइरहेको यस सडकखण्डमा लगातारको वर्षाले पहिरो खस्नुका साथै पर्खाल, नाली भत्किएको जनाइएको छ । यहाँ एक महिनासम्म सडक सञ्चालन नहुँदा जिल्लामा भित्रने पर्यटकको चहलपहलमा कमी आएको पाइएको हो ।  नेपालकै प्रसिद्ध र ताजमहलका नामले चिनिने रानीघाटमा दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने कुरा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here