काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेशविरोधी भनेर वा नभनेर केही फरक नपर्ने चेतावनी दिएका छन् । संविधान संशोधन विधेयक संसदबाट असफल गराएलगत्तै संसदमा बोल्दै ओलीले जे पनि प्रतिपक्षलाई दोष लगाउने चलन भएकोले हिजो संशोधन असफल भएकोमा पनि मिडियामा आफूले प्रतिपक्षीमाथि आरोप लगाएको सुनेको प्रतिक्रिया दिए ।
मधेशी जनताको हितमा संविधान संशोधन थिएन । फेल गराउनु पथ्र्यो र फेल गराइयो भन्दै ओलीले यसमा लुकाउनु पर्ने कुनै कुरा नभएको प्रतिक्रिया दिए । उनले संविधान संशोधन विधेयक असफल हुनुको प्रमुख कारण सरकार भएको आरोप लगाउँदै आपूmहरूले पहिलेदेखि भनेको संविधान अपरिवर्तनीय दस्तावेज हैन, देश, जनता र लोकतन्त्रको लागि अनुकूल हुने गरी अग्रगमन र राष्ट्रिय एकताको पक्षमा संविधान संशोधन गर्न सकिन्छ । छलफल गरौँ, परामर्श गरौँ, प्रस्ताव ल्याऔँ भन्दा पनि सरकारले नमानेको गुनासो पोखे । ओलीले आपूmहरूबाट संविधान संशोधनका लागि हतार नगर्न बारम्बार अनुरोध गर्दै आएको स्मरण गर्दै चुनाव पछि संशोधनबारे छलफल गरौंला भन्दा पनि नमानेर जबर्जस्ती गरियो भन्दै सत्तापक्षले संंविधान संशोधनको प्रस्ताव देशको अहितमा प्रस्तुत गरेकाले जनताको चाहना बमोजिम नै यो प्रस्ताव फेल भएको दावी पनि गे । ओलीले संशोधनमा भाषिक हिसाबले मैथिली, भोजपुरी, अवधि, थारु आदि भाषाविरुद्ध भएको र ती भाषा समाप्त पार्ने योजना त्यसभित्र रहेकाले आपूmहरूबाट विपक्षमा मत हाल्नुपर्ने अवस्था आएको जानकारी गराए ।
नेकपा एमाले सम्पूर्ण नेपाल र नेपाली जनताको पक्षमा रहेको भन्दै ओलीले पार्टी एउटा जात विशेषको मात्र हैन, एउटा भूगोल विशेषको मात्र पनि होइन, सबै नेपालीको साझा पार्टी भएको जिकिर गर्दै त्यही भावनाका साथ संशोधन प्रस्तावको विपक्षमा मतदान गरको स्पष्ट गरे ।
संविधान संशोधनमा स्थानीय तहको राष्ट्रियसभालाई भोट हाल्ने अधिकार खोसेर गर्न खोजेको के ? ओलीले प्रश्न गर्दै संशोधन सत्तापक्षकै माननीयहरूलाई चित्त बुझेको नभए पनि दलीय संलग्नताका कारण चुप बस्नु परेको र हुँदाहुँदा भोट हाल्नुपरेको जिकिर गरे । राष्ट्रियताको पक्षमा सदनले प्रतिनिधित्व गरेकोमा ओलीले त्यसको प्रशंसा गर्दै भने– ‘संसदले जे निष्कर्ष निकाल्नुपर्ने हो, त्यही निकाल्यो, म सबै माननीय सांसदहरूलाई धन्यवाद भन्न चाहन्छु ।’
जनधारणा साप्ताहिक


















