क्यारिबियन क्षेत्रमा आएको इर्मा आँधीबाट १४ जनाको मृत्यु, लाखौं प्रभावित

354

वासिङ्टन(एजेन्सी) । क्यारिबियन क्षेत्रमा आएको इर्मा नामको आँधीबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ।

१४ को मृत्यु भएको र आँधी प्रभावित क्षेत्रबाट अन्य १० लाख भन्दा बढी नागरिक भागेका छन्।

तटीय क्षेत्र फ्लोरिडा र छिमेकमा पर्ने जर्जियामा दर्जनौँ बर्षपछि आएको भीषण आँधीले ठूलो विनास गरेको जनाकारी अमेरिकी संघीय सङ्कटकालीन व्यवस्थापन निकायले दिएको छ।

यस शताब्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माले फ्रान्सको क्यारेबियन टापूमा मात्र आठ जनाको ज्यान लिएको छ भने आँधीका कारण २३ जना घाइते भएका बताइएको छ।

रेडियो फ्रान्स इन्फोसँग कुरागर्दै फ्रान्सका गृहमन्त्री जेराडकोलम्बले इर्माका कारण मृत्यु हुनेको संख्या थप वृदि हुनसक्ने बताएका थिए।

फ्रान्स र नेदरल्याण्डको साझा टापू सेन्ट मार्टिनको ९५ प्रतिशत भूभाग आँधीका कारण नराम्ररी प्रभावित भएको छ।

यसैबीच, प्राप्त एक अर्को समाचार अनुसार इर्मा आँधीबाट पोर्टो रिकोमा कम्तीमा दुई जनाको मृत्यु भएको एक अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here