एन्फाले थ्रीस्टार क्लबलाई डेढ करोड क्षतिपूर्ति दिने

144

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप एक करोड ५० लाख दिने भएको छ ।

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिक रुपमा दिने निर्णय गरेको हो । थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन । उक्त खेल खेल्न नपाएपछि थ्रीस्टारले छ करोड क्षतिपूर्तिसहित दोषीमाथि कारबाहीको माग गरेको थियो ।

उक्त निर्णय आगामी असोज २३ गते हुने एन्फाको विशेष साधारणसभाबाट अनुमोदनका लागि प्रस्तुत गरेपछि मात्र कार्यान्वयन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ । बैठकले ए डिभिजन क्लबका १२ टोली र २०७२ सालमा राष्ट्रिय लिग खेलेका मोफसलका चार क्लबलाई समेटेर १६ टोलीलाई ए डिभिजन लिग खेलाउने निर्णय गरेको छ ।

बैठकले साफ १५ वर्षमुनिको (यु–१५) च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीका प्रत्येक खेलाडी, प्रशिक्षक र फिजियोथेरापिस्टलाई जनही २५ हजार पुरस्कारस्वरुप दिने निर्णय गरेको छ । घरेलु मैदानमा नै भएको उक्त प्रतियोगितामा नेपाल फाइनल खेलमा भारतसँग पराजित हुँदै दोस्रो बनेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here