विष्ट र शर्मा राज्यमन्त्रीमा

155
/fHodGqLdf lji6 / zdf{nfO{ zky k|wfgdGqL z]/axfb'/ b]pjfn] /fli6«o k|hftGq kf6L{ -k|hftflGqs_sf lj/fh lji6 / sdnf b]jL zdf{nfO{ ;f]daf/ l;+xb/af/df /fHodGqLsf] kb tyf uf]kgLotfsf] zky u|x0f u/fpg'x'Fb} . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ ः प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट विराज विष्टलाई विज्ञान तथा प्रविधि र कमला शर्मालाई आज वन तथा भूसंरक्षण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित समारोहमा प्रधानमन्त्री देउवाले उहाँहरुलाई सो पदको शपथ गराउनुभएको हो । यसअघि विष्टले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सहायकमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने शर्मा पहिलो पटक राज्यमन्त्री बन्नुभएको हो ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले विष्ट र शर्मालाई राज्यमन्त्रीमा पार्टीको सिफारिससहित उहाँहरुको नाम प्रधानमन्त्रीलाई बुझाउनुभएको थियो । नवनियुक्त राज्यमन्त्रीद्वय विष्ट र शर्माले आजै कार्यालयमा पुगेर पदबहाली गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here