काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीका नेता कार्यकर्तामाथि भइरहेको धरपकड बन्द गर्न आग्रह गरेको छ।
पार्टीका रुपन्देही जिल्ला सेक्रेटरी अमर आरसी र इन्चार्ज शरद ओलीले विज्ञप्ती जारी गरी पार्टी नेता कार्यकर्तामाथि प्रहरी धरपकड बन्द गर्न आग्रह गरेको छ। उसले पार्टीका रुपन्देही सचिवालय सदस्य मुक्ति आचार्यलाई भदौ तीन गते विना कारण पक्राउ गरी झुठा मुद्दा लगाइएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।



















