प्रधानमन्त्री तथा मन्त्रीहरुले गरे सम्पति विवरण सार्वजनिक

504

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु गरेका सूचना तथा संचार मन्त्रालयले जनाएको छ।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ, मन्त्रीहरु गिरिराजमणि पोखरेल, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, जनार्दन शर्मा, प्रभु साह, गोपाल दहित, रामकृष्ण यादव, वीरबहादुर वलायर, मीनबहादुर विश्वकर्मा र यज्ञबहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका हुन्।

यसैगरी, मन्त्रीहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, टेकबहादुर वस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु, मिथिला चौधरी तथा राज्यमन्त्रीहरु गोमा कुँवर, ओङ्दी शेर्पा, शेषनाथ अधिकारी, दिलमान पाख्रिन, चम्पादेवी खड्का र यशोदाकुमारी लामाले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here