ताजिकिस्तान विरुद्वको चौथोँ खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा

188

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तान विरुद्वको चौथोँ खेलको लागि फुटबल टोलीको घोषणा गरेको छ।

असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय टोलीको आज घोषणा गरेका हुन्। छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू छन्।

त्यसैगरी, डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन्।

‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, नवयुग श्रेष्ठ र अञ्जन विष्ट टोलीमा अटाएका छन्।

भदौ २० गते एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपालले घरेलु मैदानमा नै ताजिकिस्तानसँग २–१ गोलअन्तरले पराजय भोगेको थियो।

त्यसैगरी, फिलिपिन्सको मनिलामा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो भने काठमाडौँमा भएको दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here