दिगो विकास लक्ष्यहरु हासिल गर्न काठमाडौंमा युवा नेतृत्व राष्ट्रिय सम्मेलन

318

काठमाडौं । दिगो विकासमा युवाहरुको भूमिकालाई अपरिहार्य बनाउने उदेश्यले काठमाडौंमा शनिबार एकदिने राष्ट्रिय युवा सम्मेलन आयोजना गरिएको छ।
ग्लोबल पीस फाउन्डेसन नेपालको आयोजना र विभिन्न संघ संस्थाको साझेदारीमा सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको पहिलो सत्रमा ‘नैतिक तथा सिर्जनशील युवा नेतृत्व विकास’ कार्यशाला र दोस्रो सत्रमा ‘दिगो विकासमा युवाहरुको भूमिका’ सम्बन्धी दिगो विकासका लक्ष्यहरु (एसडीजीज) गुणस्तरीय शिक्षा (लक्ष्य४), सफा पानी र सरसफाइ (लक्ष्य ६), खर्चले धान्न सक्ने उर्जा (लक्ष्य ७), शान्ति, न्याय, र सशक्त संस्थाहरु (लक्ष्य १६), यी लक्ष्यका लागि साझेदारी (लक्ष्य १७) विषयमा विज्ञ र सहभागीहरुबीच छलफल भएको थियो।
युवाहरुको भूमिकालाई अझ प्रमुख बनाउन दिगो विकास लक्ष्यहरु हासिल गर्न सिर्जनशील कार्य योजना तर्जुमा र समाधानका व्यवहारिक उपायहरुको प्रतियोगिता पनि गरिएको फाउन्डेसनका प्रमुख राम रोहन पन्तले जानकारी दिए। सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्र संघका एजेन्सीका प्रतिनिधि, अन्तराष्ट्रिय स्वयंसेवकहरु, राष्ट्रिय अन्तराष्ट्रिय संस्थाका प्रतिनिधिलगायत करिव १५० जनाको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here