करमा लागेको जरिवानाको सुविधा उपयोग गर्न प्राधिकरणकाे आग्रह

5

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहलाई विभिन्न शुल्क, दस्तुर तथा करमा लागेको जरिवाना र ब्याज मिनाहाको सुविधा उपयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ४९ मा भएको व्यवस्थाअनुसार मङ्सिर मसान्तभित्र बक्यौता शुल्क वा दस्तुर वा कर तथा त्यसको एक प्रतिशत थप रकम दाखिला गरेमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने जनाएको छ ।

प्राधिकरणका अनुसार शुल्क, दस्तुर वा कर दाखिला नगरेका, कम दाखिला गरेका वा आवश्यक विवरण नबुझाएका सेवा प्रदायकले उक्त सुविधा पाउनेछन् ।

त्यसैगरी, सम्बन्धित कार्यालयबाट कर, शुल्क वा दस्तुर निर्धारण भई बक्यौता कायम भएका वा अदालत तथा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेका सेवा प्रदायकले मुद्दा फिर्ता लिई निर्धारित रकम र त्यसको एक प्रतिशत थप रकम बुझाएमा पनि जरिवाना तथा ब्याज मिनाहा हुनेछ ।

प्राधिकरणको अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई मङ्सिर मसान्तभित्र आवश्यक रकम दाखिला गरी उक्त सुविधाको उपयोग गर्न अनुरोध गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here