मोहन वैद्यको आरोपः वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति

328
k|yd /fli6«o ;Dd]ngdf g]skf qmflGtsf/L dfcf]jfbLsf] k|yd /fli6«o ;Dd]ngdf af]Nb} kf6L{sf cWoIf df]xg j}B . tl:a/M lgdbQ ;'j]bL, kf]v/f, /f;;

पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन्।

पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष वैद्यले दक्षिणपन्थी अवसरवादीको गठवन्धनलाई वामगठबन्धन भन्न नसकिने बताए।

सच्चा क्रान्तिकारी कम्युनिष्टहरु एक ठाउँमा आउन नसकेकामा चिन्ता व्यक्त गर्दै वैद्यले वैकल्पिक शक्ति निर्माणका लागि सबै क्रान्तिकारी कम्युनिष्टले एकताको बहस सुरु गर्नुपर्ने बताए। उनले निरन्तरताको क्रम भङ्गको भनाइलाई उल्टो क्रम भङ्ग भएको टिप्पणी गर्दै सम्मेलनले क्रान्तिको कार्यदिशा निर्धारण गर्ने बताए।

पार्टीका उपाध्यक्ष चन्द्रप्रकाश गजुरेलले क्रान्तिकारी कम्युनिष्ट पार्टीको धु्रवीकरणको आवश्यकतामाथि प्रकाश पारे।
पाँच दिनसम्म चल्ने सम्मेलनमा सबै जिल्लाका करिब ४०० प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here