कांग्रेस संसदीय समितिमा थपिए पाँच सदस्य, शेखर र मिनेन्द्र पनि समितिमा

265

काठमाडौँ । नेपाली कांग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। समितिमा नेताहरु डा शेखर कोइराला, डा मीनेन्द्र रिजाल, फरमुल्ला मंसुर, एनपी साउद र मीन विश्वकर्मा चयन भएका छन्।

यसअघि पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गरी केन्द्रीय समितिमा सिफारिस गर्न १७ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here