माओवादी जनयुद्धको २३औं वर्ष पुग्दै गर्दा माओवादीहरूकै कन्तबिजोग किन भयो ?

305

 राधा बुढाथोकी मगर
आगामी फागुन १ गतेदेखि तत्कालीन नेकपा माओवादीले सर्वहारा वर्गको मुक्तिका लागि भनेर सुरु गरेको जनयुद्धले २३आौ वर्ष पूरा गरी २४आौ वर्षमा प्रवेश गर्नेछ । सशस्त्र जनयुद्धका १० वर्ष र शान्तिप्रक्रियामा प्रवेश गरेको समेत १३औं वर्ष लागेको छ । तर यस अवधिमा माओवादी एउटा पार्टी मात्र रहेन । बरु यो आन्दोलन यसरी विभाजित भयो कि एउटा समूह जनयुद्धका कार्यभार पूरा नभएको भन्दै पुन: जनयुद्धकै लाइनमा हिाड्ने प्रयासमा छ । एउटा समूह जनयुद्धको आधारमा जनविद्रोहको लाइनलाई अंगालिरहेको छ । एउटा समूह सदन र सडकबाट बााकी कार्यभारलाई पूरा गर्नूपर्ने मत राख्छ भने एउटा समूह त माओवादीबाट पतन हुादै माक्र्सवादबाट पार नलाग्ने निष्कर्षसहित सिद्धान्तविनाको नयाा शक्तिको दौडमा सामेल हुादै युद्धकालको प्रतिक्रियावादी शक्ति नेपाली कांग्रेसको झण्डा बोक्न पुगिसकेको छ ।
माओवादीले सुरु गरेको जनयुद्धले जनताको अधिकार र राष्ट्रियतालाई प्रवद्र्धन गरेकाले केही दु:ख र पीडाका बीच पनि जनतामा अधिकारप्रति सचेतना र मुलुकप्रतिको समर्पण बढेको थियो ।

 

यति मात्र होइन, अन्याय, अत्याचार र विभेदमा परेकाहरूलाई न्याय दिनेदेखि शोषक सामन्तहरूलाई कारबाहीको दायरामा ल्याएकै कारण तत्कालीन माओवादी जनयुद्धले सुरुमा सोचेभन्दा बढी सफलता तथा जनताको साथ पाएको थियो । तर जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा सुरुमा उठान गरिएका एजेण्डा र लक्ष्यभन्दा पनि माओवादी आन्दोलन जसको विरुद्ध आन्दोलन गरिएको थियो, त्यही वर्गकै फाइदाका लागि काम गर्न सुरु भएको स्वयं माओवादी आन्दोलनका सारथीरुले दाबी गर्ने गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेल माओवादी आन्दोलनको सुरुवातमा उठान गरिएका एजेण्डा र लक्ष्य तथा पछिल्लो समय माओवादी आन्दोलनको आडमा प्राप्त भनिएका उपलब्धिहरूबीच कुनै तालमेल नभएको र षड्यन्त्रपूर्वक जनयुद्धमा हुादै नभएका एजेण्डाहरू स्थापित गरिएको दाबी गर्छन् । जब कि एमाओवादी हाल सतहमा देखिएका केही परिवर्तनलाई आंशिक रूपमा जनयुद्धका उपलब्धि भएको र अझै बााकी उपलब्धिका लागि सरकार वा संसद्मै गएर लड्ने जनाउादै आएको छ ।
माओवादी जनयुद्ध सुरु गर्नुपूर्व ४० बुादे माग पेस गर्दै जनयुद्धको शंखघोष गर्ने दोस्रो कमाण्डर बाबुराम भट्टराई त माओवादी जनयुद्धका सबै एजेण्डा पूरा भएको भन्दै अब माओवादबाट परिवर्तन सम्भव नभएको आशय व्यक्त गर्दै कम्युनिष्ट नै नरहने गरी परिवर्तन भइसकेका छन् । राजनीतिक विश्लेषकहरू माओवादी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा जनयुद्धकै सारथीहरूबीच एकमत नहुनु नै माओवादी आन्दोलन कमजोर हुनुको कारण पहिल्याउाछन् । विश्लेषकहरू भन्छन्, माओवादी आन्दोलनका एजेण्डा र लक्ष्यमा स्वयं योजनाकारमै एकमत छैन । यो नै माओवादी शक्ति विभाजनको मुख्य कारण हो । यता माओवादी आन्दोलनको औचित्य अझै बााकी रहेको दाबी गर्ने समूह भने जनयुद्धलाई धोकापूर्वक विसर्जन गराउादै माओवादी आन्दोलन नै कमजोर बनाउने ठूलै खेल भएको र माओवादी आन्दोलनका सारथीहरू नै यसका गोटी बनेको आरोप लगाउादै गरिरहेको अवस्थामा माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरणको प्रयास भइरहेको छ । यसले आरोपलाई पुष्टि गरिरहेको छ ।
माओवादी आन्दोलनले २३आौ वर्ष पार गरिसक्दा पनि विभिन्न समूहमा रहेका टुक्रे माओवादीहरूमा माओवादी आन्दोलनप्रतिको मोह अझै पनि कम भएको देखिादैन । अब माओवादी आन्दोलन निकै कमजोर बनेको छ । त्यसलाई पुरानै अवस्थामा लैजाने विषयमा समेत गम्भीर बहस पनि भइरहेको पाइन्छ । खासगरी वैद्य र विप्लव माओवादीबीच यो विषयले गम्भीर बहस सृजना गरेको सुन्ने गरिन्छ । तर उनीहरूका बीचमा आन्दोलनलाई हेर्ने फरक दृष्टिकोणका कारण अझै पनि केही समस्याहरू देखिादै आएका छन् । तथापि एकता असम्भव भने देखिादैन । यसका लागि दुवै माओवादी नेतृत्वले आफ्नो विगतको लक्ष्य र एजेण्डालाई इमानदारिताका साथ हेरिदिए पुग्नेछ । तथापि पंक्तिकारलाई माओवादी राजनीतिसाग कुनै सरोकार नभए पनि दश वर्षसम्मको युद्धले लक्षित गरेको आमूल रूपान्तरणको अभियान राजसंस्थालाई विघटन गर्नमा मात्र सीमित हुन पुग्यो । त्यसैले गर्दा जनतामा असन्तुष्टि थपिनुको साथै आन्दोलन पनि असफलतामा टुंगिन पुगेको देखिन्छ ।       (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here