प्रथम नर्सेस एथलेटिक्समा सुक्दिकीलाई उपाधि

279

काठमाडौं / शनिबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशलामा भएको प्रचम नर्सेस एथलेटिक्स मिटमा वीर अस्पतालकी सुक्दिकी शेर्पाले दोहोरो स्वर्ण पदक जितेकी छिन् । उनले १ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले २.५ किलोमिटर दौडमा पनि कांस्य जित्दै तीन पदकको हकदार भइन् । राजधानीका विभिन्न ९ अस्पतालका झन्डै २ सयभन्दा बढी नर्सले दौडमा सहभागिता जनाएका थिए । सुक्दिकीले १ सय मिटर दूरी १७.९८ सेकेन्डमा पूरा गरिन् । पाटन अस्पतालकी कोकिला राउत दोस्रो र सविना महर्जन तेस्रो भए । ४ सय मिटर दूरी पार गर्न सुक्दिकीले १ मिनेट २८.७२ सेकेन्ड लगाइन् । एमसीभीटीसीकी दीपिका राईले रजत र नेपाल क्यान्सर अस्पतालकी युमा राईले कांस्य जिते । २ सय मिटर दौड ३७.५६ सेकेन्डमा पूरा गर्दै अल्काकी सरस्वती विजेता भइन् । पाटनकी कोकिला दोस्रो र ओमकी सीता धामी तेस्रो भए ।
‘स्वस्थ रहनु नै दौड्नु’ भन्ने नारासहित डा. खगेन्ऽ स्पोर्ट्स फाउन्डेसनले एथलेटिक्स मिट गरेको थियो । मिटमा ५ विधामा प्रतिस्पर्धा गराइएको थियो ।
स्वयम्भू परिक्रममा गराइएको २.५ किलोमिटर दौडमा एमसीभीटीसीकी दीपिका राईले स्वर्ण, नेपाल प्रहरी अस्पतालकी खुशी हिराचनले रजत र सुक्दिकीले कांस्य जितेका थिए । ब्लु क्रसको आन्तरिक १ सय मिटर दौडमा राजन थापा, पोखरीप्रसाद ढकाल र सन्दीप रन्जितकार पहिलो तीन स्थानमा विजयी भए । पूर्व खेलाडी तथा प्रतिष्ठानका अध्यक्ष डा. खगेन्ऽबहादुर श्रेष्ठले विजेतालाई पुरस्कृत गर्दै सबैलाई व्यावसायिक खेलाडी बन्न नसके पनि स्वस्थ रहन दौड आवश्यक रहेको जनाउनु भएको छ । उक्त मिट एकदिने भए पनि उत्साहजनक सहभागिताले कार्यक्रमलाई उर्जा थपेको फाउडेशनका महासचिव रजत श्रेष्ठले जानकारी दिनु भयो भने कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यले महिलालाई यस्ता कार्यक्रमले अझै हौसला मिल्ने जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here