भारतको हस्तक्षेप र नेपालका नेताहरुको लम्पासर प्रवृत्ति

224

राधा बुढाथोकी मगर
नेपालका राजनीतिक दलहरूले भन्ने गरेको सामन्ती राष्ट्रवादले टिकाएको नेपालको राष्ट्रियता अब संकटग्रस्त अवस्थामा देखिन थालेको छ । चुनाव सम्पन्न भइसकेपछि ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत र एउटा प्रदेशमा भारतको प्रियपात्र मधेसी दलहरूको बहुमत भएपछि अब निश्चय पनि भारतीय चलखेलले प्रश्रय पाउने देखिएको छ । नाकाबन्दीपछि खासगरी प्रधानमन्त्रीको पदबाट केपी ओलीले राजीनामा घोषणा गर्ने क्रममा सामन्ती राष्ट्रवादको परिभाषा खोजी गरिएको थियो । माओवादी नेताहरूले प्रगतशील राष्ट्रवादको बहस सुरु गरेपछि यो विषयले बहसको राम्रो स्थान पाएको थियो । नेपालमा नयाा संविधान जारी भएदेखि नै छिमेकी राष्ट्र भारतले नेपालको संविधानप्रति असन्तुष्टि जनाउादैआएको थियो ।
नेपाल र भारतबीचको सम्बन्ध सदियौादेखि पेचिलो बन्दै आएको छ । यी दुई देशबीचको सम्बन्धका आधारमा नेपाली राष्ट्रवादको परिभाषा नै ध्रुवीकरण हुन पुगेको छ । पछिल्लोपटक इयू–इण्डिया सम्मिलित बेल्जियमको ब्रसेल्समा आयोजित सम्मेलनद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा पनि नेपालको संविधान असमावेशी भएको बुादा समावेश गराउन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सफल भएका थिए । तथापि संविधानको कार्यान्वयनका क्रममा नेपालमा चुनाव सम्पन्न भइसकेको छ । चुनाव सम्पन्न भइसकेपछि भारतले चाहेको भन्दा फरक परिणाम आइसकेको छ । तथापि भारतले चलखेल गर्ने मौका चुनावी परिणामले दिएको छ । हामी नेपालीहरूका निम्ति राष्ट्रवाद ज्यादै महत्वपूर्ण विषय रहेको छ । खासगरी दक्षिणतिरको खुला सिमानाका कारणबाट नेपालको राष्ट्रवाद संकटमा पर्दै आएको कुरामा प्रत्येक सचेत नेपाली जानकार छन् । तर पनि नेपाली राजनीतिक नेताहरू छिमेकी देश भारतको कुनै पनि हस्तक्षेपबारे मुख खोल्न चाहादैनन् । यो नै नेपालको दुर्भाग्य बनेको छ ।
राष्ट्रवादबारेको बहसमा प्रवेश गर्नुभन्दा पहिले हामी नेपाली सार्वभौम सम्पन्न मुलुकका नागरिक हौं वा होइनौं भन्ने विषयबारे स्पष्ट हुन जरुरी छ जस्तो लाग्छ मलाई । हुन त नेपाल सधैं स्वतन्त्र मुलुक रहादै आएको छ भने भारत बृटिशको उपनिवेश पनि थियो । भारतले बृटिशको दासकालीन मानसिकताबाटै नेपाललाई हेर्ने गरेको छ । त्यसैले पनि नेपाल र भारतबी सुमधुर सम्बन्ध बन्न सकिरहेको छैन । नेपालको स्वतन्त्रतामाथि भारतले पटक–पटक धावा बोल्ने गरेको छ । भारतले जहिले पनि छिमेकी राष्ट्रमा अस्थिरता र गृहयुद्ध निम्त्याएर आफू सुरक्षित हुनसक्छु भन्ने गलत सोचाइ लिएकै कारण छिमेकी देशहरू सबैसाग सम्बन्ध बिगार्ने काम भारतीय शासकवर्गले गरिरहेका छन् ।
नेपालको संविधानसभाबाट ९० प्रतिशत बहुमतले निर्माण गरेको संविधानप्रति असहमति जनाएर तराई बिखण्डनको आधार बनाउने प्रयासमा भारतीय सत्तापक्ष नांगिएर लाग्यो । अवस्थाले नेपाल र भारतबीचको सम्बन्धमा पनि चिसोपन देखियो । तर भारतीय पक्ष नेपालसागको सम्बन्धलाई राम्रो बनाउनेतर्फ कहिल्यै पनि चिन्तित भएको पाइएन ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here