एमाले–माके एकीकरणमा देखिएको हतारोको वास्तविकता

268

चन्द्रप्रकाश बानियाँ
दोश्रो पटक भएको संविधान सभाको निर्वाचनमा बेग्लाबेग्लै चुनाव लडेका कांग्रेस र एमाले क्रमश: पहिलो र दोश्रो स्थान प्राप्त गरेका थिए । निर्वाचनमा दोश्रो भएको एमालेले कांग्रेससाग सगोलमा निर्वाचन जितेको अनौठो मान्यता सार्वजनिक गर्नपुग्यो । हुन त सधैंझै त्यो चुनाव पनि एमालेले हारेकै थियो । ०५१ मा एकपटक बाहेक सबै संसदीय निर्वाचनहरूमा कांग्रेससाग पराजित हुदै आएको एमालेले ०७० मा पनि उसैसाग हार व्यहोरेको थियो । तर आफ्नो पराजयलाई उसले विजय मान्यो । वास्तवमा सबैभन्दा धेरै सिट जितेर कांग्रेसले निर्वाचन जितेको थियो । पटक पटकको पराजयबाट थकित गलित भएको एमालेले त्यसपटकको कांग्रेसको जीतसाग आफूलाई पनि गाास्यो र ‘सगोलमा चुनाव जितेको‘ अनौठो परिभाषा प्रतिपादन गर्‍यो । पहिलो स्थानबाट एकैचोटि तेश्रो दलमा खुम्चिन पुगेको तत्कालीन माओवादीलाई सगोल प्रतिद्वन्दी मानेर उसको पराजयलाई आफ्नो पनि विजयको रूपमा अथ्र्याउने चतुर्‍यााइ एमालेले गर्‍यो । माओवादीलाई निर्वाचनमा पराजित गर्ने साझा अभीष्टमा आफ्नो योगदानको मूल्य हातहातै खोज्ने सन्दर्भमा एमालेले सत्तामा समान हकदावी प्रस्तुत गर्‍यो । कांग्रेसलाई हप्काएर, तर्साएर, फकाएर, अनुनय विनय गरेर सत्तासाझेदारी गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना गर्न सफल भयो । संसदीय परम्परा र अभ्यासविपरित पहिलो र दोश्रो दल मिलेर सरकार निर्माण गर्नैपर्ने परिस्थितिमा कांग्रेसलाई पुर्‍यायो । सत्ता साझेदारीका लागि सहमत गराएको मात्रै होइन, पालैपालो सत्तानेतृत्व लिने कुराको वाचाकबुलमा कांग्रेसलाई छिरायो । वकाइदा लिखतमा सहीछाप गरायो । तमसुकको हदम्याद सकिएर सत्तात्याग गरिसकेपछि बल्ल कांग्रेसको चेत खुल्यो । सुुशील कोइरालाले पदबाट राजीनामा गर्ने गल्ती गरिसकेका थिए । भैसकेको गल्ती सच्याउन सकिन्छ कि भनेर अन्तिम प्रयत्नस्वरूप कांग्रेसले गरालो तेर्सायो । त्यतिबेलासम्म परिस्थिति प्रतिकूल भैसकेको हुनाले सत्तानेतृत्व एमालेको पोल्टामा पर्न गएको थियो ।
‘इतिहासको पुनरावृत्ति हुादैन, घटना दोहोरिन्छ’ भनिन्छ । यसपटक फेरि अर्को एकपटक दुरुस्त त्यस्तै घटनाको पुनरावृत्ति भएको छ । घटना दोहोरिादा पात्रहरू फेरिने हुनाले इतिहासको पुनरावृत्ति भन्न नमिल्ने रहेछ । अर्थात यसपटकको निर्वाचन एमाले र माओवादी केन्द्रले सगोलमा लडेका थिए । सगोलमा युद्ध लडेपछि जय–पराजयको भागिदारी पनि साझा हुने नै भो । २०७० को निर्वाचनमा माओवादीले निर्वाचन हार्दा एमालेले सगोलमा चुनाव जितेको दावी गरेजस्तै यसपटकको नेपाली कांग्रेसको पराजयमा माओवादी केन्द्रले पनि विजयको दावी गरेको छ भन्ने कुरा हिजो अस्तिताका मात्र सार्वजनिक भएको माकेसुप्रिमो प्रचण्डको अभिव्यक्तिले पुष्टि गरेको छ । चुनाव जितेको एमालेले हो । माके त तेश्रो नम्बरमै ठिंगुरिएकै हो । एमालेले एक्लै बहुमत प्राप्त गर्न सकेको भए सायद परिस्थिति फरक हुन्थ्यो होला । माओवादी केन्द्रको दावीको औचित्य रहने थिएन । तर एकल बहुमत प्राप्त गर्न नसकेकै भए पनि सरकार बनाउनका लागि माकेको आवश्यकता एमालेलाई पर्दैन । संघीय समाजवादी फोरम वा राजपाजस्ता चौथो पााचौ नम्बरका दलहरूको साथ उसका लागि पर्याप्त हुन्छ । त्यो वास्तविकता माकेको लागि सबभन्दा ठूलो खतराको घन्टी बनेको छ । कतै एमालेले बेइमानी गरिहाल्छ कि भन्ने त्रासले माकेको बार्गेनिङ्ग शक्ति कमजोर बनेको छ । त्यसैले हुनुपर्छ सगोलमा चुनाव जितेको हुनाले आफ्नो योगदानको उपेक्षा गर्ने धृष्टता नगर्न अप्रत्यक्ष तर अपेक्षाकृत नरम भाषाको घुर्कीमार्फत निवेदनको नविकरण गरिएको हुनुपर्छ ।
पछिल्लो पटक सार्वजनिक भएको समानुपातिक तर्फको मतपरिणामले माओवादी केन्द्रको स्थिति झन्झन् खस्कादै गएको कुरा प्रमाणित गर्दछ । २०७० को आम निर्वाचनमा भन्दा स्थानीय निर्वाचनको बेला अलिकता उकासिएको मत प्रतिशतको ग्राफ पछिल्लो संसदीय निर्वाचनभमा झन् तल झरेको छ । एमालेसाग तालमेल गरेर चुनावमा सहभागी भएको र एमालेको एकलौटी बहुमत नआएको हुनाले विजयमा संयुक्त दावी गर्नसक्ने अवस्थामा भए पनि वास्तविकतामा माके ओरालो लागेको कुरा घामजत्तिकै छर्लङ्ग भएको छ । त्यसैकारणले हुनुपर्छ माओवादी केन्द्रलाई आफ्नो निरन्तर पराजयको कारणको लेखाजोखा गर्ने टन्टा बेसाउनुभन्दा एमालेसाग पार्टी एकीकरण गरिहाल्ने हतारोले च्यापेको छ । सरकार गठन र पार्टी एकीकरण सागसागै अघि बढाउनुपर्छ भन्ने उसको एकोहोरो आग्रहको कारण त्यही हो । संयुक्त सरकार बनाउने प्रतिबद्धताबाट एमाले पछि हटेको छैन र पार्टी एकीकरणको कुरालाई छोडेको पनि छैन भने आत्तिनुपर्ने कारण के छ र ? प्रधानमन्त्रीको पदलाई ‘बार्गेनिङ्ग चिप्स‘को रूपमा उपयोग गर्नुपर्ने आवश्यकतै थिएन । स्वभावत: ठूलो पार्टीको हैसियतले सरकारको नेतृत्व गर्ने हक एमालेकै हो । त्यसमा प्रश्न उठाउन मिल्दैन । सत्ताको नेतृत्व गर्ने एमालेले नै हो र सहविजेताको हैसियतले माकेले सत्तासाझेदारी गर्ने हो । माकेको हैसियत सहयोगीको मात्र हो । सहयोग निसर्त पनि होइन । सत्तामा न्यायोचित हिस्सेदारी पाउने नै हो । तर प्रधानमन्त्री बनाउनमा एमालेलाई सहयोग समर्थन गरेवापत माकेले अतिरिक्त मूल्य खोजेजस्तो देखिन्छ । सुनिदै छ कि सत्ताको नेतृत्व आलोपालो गर्ने अथवा एकीकृत पार्टीको अध्यक्षमा पूर्व प्रत्याभूति खोजेको छ भनिन्छ । हो, निर्वाचनमा माकेसाग मिल्नु एमालेको बाध्यता थियो । पटक–पटकका निर्वाचनमा एमालेले पराजय भोग्दै आएको हो । हरेकपटक बाजी मार्ने कांग्रेस नै थियो । यसपटक स्थानीय निर्वाचनमा एमालेको स्थिति बलियो देखिए पनि माके–कांग्रेस गठबन्धनको संयुक्त शक्तिसाग एमालेको जोर चल्ने स्थिति हुादैनथ्यो । अर्थात एमालेले फेरि पनि दोश्रो दर्जामै चित्त बुझाउनु पथ्र्यों । सदाकाल दोश्र।े हुने अभिशापबाट मुक्ति खोज्ने सन्दर्भमा माकेसाग सहकार्य गरिएको हो । यतिखेर पनि माकेलाई साथ नलिने हो वा विच्काउने हो भने एमालेबाहेकको सरकार बन्न सक्ने स्थिति छ र त्यो नै एमालेको मुख्य टाउको दुखाईको विषय बनेको छ । अर्थात माकेसाग सहकार्य गर्न एमाले बाध्य छ । एमालेको त्यही विवशताको लाभ उठाएर माकेले पार्टी एकीकरणको च्यााखे थापेको हो ।
निरन्तर खस्कादो स्थितिको दीर्घकालीन समाधान एमालेसागको पार्टी एकीकरणमा खोज्ने माकेको चेष्टा स्वाभाविकै होला पनि ! किनकि वैद्य र विप्लव समूहलाई कुनै हालतमा गोलबन्द गर्न सकिने सम्भावना नदेखिएपछि पार्टी विस्तारको सम्भावना उसैपनि टाढाको विषय बनेको थियो । त्यसमाथि मौजुदा हैसियत जोगाउन हम्मे पर्ने अवस्था पनि उत्पन्न हुादै गएको थियो । विनासले ‘सुरसामुख’ खोलेर सर्लक्क निल्न आाटेपछि केही न केही ‘हनुमान चमत्कार’ गर्नैपर्ने अवस्था उत्पन्न भएको थियो । माकेसमक्ष उपलब्ध सर्वोत्तम विकल्प आफूलाई एमालेकरण गर्नु नै हुन्थ्यो । स्वभावत: यतिखेर माके नेतृत्वको सम्पूर्ण ध्यान त्यही दिशामा केन्द्रित छ । आफ्नो शक्ति र जनसमर्थन एकैसाथ स्खलन हुनुको कारण खोजी गर्ने फुर्सद उसलाई छैन । सायद अब त्यसको अवाश्यकता पनि नपर्ला ! पार्टीलाई आफ्नै बलबुता र सामथ्र्यमा पुनर्जीवन दिनुपर्ने भए पो उधिन्पत्ताल गरेर कमी कमजोरी र गल्ती खोज्नुपर्ने हुन्थ्यो । आफ्नो घर भत्काएर अर्काको आागनमा शरण लिन जानेको लागि पसिना खर्चनु व्यर्थ चेष्टा ठहर्ने नै भो । स्वयम् माकेलाई जरुरत नभएपछि अरुले टाउको दुखाउनुको अर्थ रहेन । तैपनि सतहमा हेर्दा एउटा कारण भने स्पष्ट देखिंदोरहेछ । माओवादी केन्द्रको साख र जनताको विश्वास सााघुरिदै जानुका कारणहरू अनेकौं होलान् । तिनीहरूमध्येको सबभन्दा ठूलो र स्पष्ट कारण ‘पहिचानको मुद्दा’ नै हो । हाम्रो समाजमा शोषक र शोषितवर्ग बीचको विभाजन रेखा कोर्ने जबर्जस्त कारण जातिवाद थियो, जातविभेद थियो । जातीय उत्पीडन थियो । जर्मन दार्शनिक माक्र्सको वर्गविश्लेषणको सूत्रको आधारमा त्यो समस्याको समाधान फेला पर्दैनथ्यो । माओवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने विषय त्यही थियो । १६ बुादे सहमतिसम्म आईपुग्दा माओवादी केन्द्र त्यो मुद्दाबाट पूरै पछि फर्किसकेको थियो । स्वभावत: जुन विषयको उठानले माकेलाई शिखरमा चढाएको थियो उसलाई रसातालमा थचार्ने कारण पनि त्यही बन्यो । माकेको पछिल्लो परिवर्तित रूपले दलित, जनजाति, मधेसी र पिछडिएको वर्गलाई विच्क्यायो । माकेप्रति वितृष्णाभाव उत्पन्न गरायो । माकेको अवन्नतिको मुख्य कारण त्यही थियो । सायद, त्यो संवेदनशील घाउ माकेले भविष्यमा फेरि कहिल्यै कोट्याउने हिम्मत गर्ने छैन अब ।

 (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here