काठमाडाैं । मानव शरीर सुन्दर बनाउनका लागि प्रायः जसाे सबैकाे हुन्छ । तसर्थ सबैलाई रहर हुन्छ सुन्दर, आकर्षण भएर हिडन् ?
मानिसहरु सुन्दर, आकर्षण र चम्किलो छाला बनाउनका लागि बजारमा उपलब्ध हुने धेरै प्रकारको क्रिमको प्रयोग गर्ने गर्छन् । तर यस्तो बाहिरको क्रिमले छालालाई चम्किलाे बनाएता पनि यसले छालालाई हानी गर्दछ ।
तसर्थ छाला चम्किलाे बनाउनका लागि केहि घरेलु उपाय अपनाउनुहोस् जसले छाला चिम्कलो हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक पनि रहेकाे हुन्छ ।
छालालाइ चिम्कलो बनाउने घरेलु उपायहरू :
-१ चम्चा मह
-१ चम्चा दहि
-१ चम्चा कागतीको जुस
-आधा चम्चा बेसन चाहिन्छ
सबै भन्दा पहिले यी सबै कुराहरूलाइ मिसाएर घोल्ने र त्यसलाई अनुहारमा लगाउने र १५ देखी २० मिनेटसम्म राख्नु पर्छ । त्यसपछि मनताताे पानीले यसलाई राम्रोसँग पखाल्नु पर्छ । यसको प्रयोग हप्तामा २ वा ३ पटक सम्मगर्नाले तपाइकाे अनुहारकाे छाला मुलायम हुनका साथै चिम्कलो पनि हुन्छ ।


















