बायर्नलाई पराजित गरी डर्टमन्डले जित्यो सुपर कप उपाधि

103

एजेन्सी / जर्मन सुपर कप फुटबलको उपाधि बोरुसिया डर्टमन्डले जित्न सफल भएको छ । हिजो शनिबार राति भएको खेलमा डर्टमन्डले लिग च्याम्पियन बार्यन म्युनिखलाई २–० गोलले पराजित गरी उपाधिमा कब्जा जमाएको हो । डर्टमन्डले यो उपाधि जितेको छैटौँ पटक हो । लगातार तीन वर्ष यस उपाधि जितेको बायर्न यसपटक निरिह बन्यो । बायर्नले सर्वाधिक सात पटक यस उपाधि जितेको छ ।

डर्टमन्डको जितमा पाको अल्कासेरले ४८औं मिनेटमा पहिलो गोल गरे भने ६९ औँ मिनेटमा जाडोन सान्चोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र डर्टमन्ड सिजनको पहिलो उपाधि जित्न सफल भयो । जर्मन लिग विजेता र डिएफबी पोकलको विजेताबीच हरेक वर्ष सुपर कप खेलिन्छ । प्रिसिजन अघिको यो जर्मनको ठूलो प्रतियोगिता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here