विनोद चौधरीको अर्काे खेल

213

काठमाडौं / नेपालबाट पुाजी पलायन गर्दै विभिन्न बाह्य मुलुकमा उद्योग स्थापना गर्दै र होटलहरु सञ्चालन गर्दै आएका अमेरिकी पत्रिका फोब्र्सबाट नेपाली अर्बपति घोषित विनोद चौधरीले नेपालमा लूट मच्चाउने अर्काे नयाा खेल सुरु गरिरहेका छन् । आफ्ना छोराहरुलाई विदेशी नागरिक बनाइसकेका विनोदले नेपालमा विदेशी लगानी भित्र्याउने स्वीकृतिका लागि राजनीतिक लबिङ सुरु गरेका छन् । आफ्ना छोराहरुलाई विदेशी नागरिक बनाइसकेपछि छोराहरुकै नामबाट नेपालमा विदेशबाट लगानी भित्र्याएर एनसेलजस्ता कम्पनीहरुले नेपालमा लूट मच्चाएजसरी लूट मच्चाउने यो जना विनोदले बनाएको सहजै बुझ्न सकिन्छ । विनोदले आफ्नो यो योजनालाई सफल तुल्याउन उद्योग मन्त्रालयमा निवेदनसमेत दिएका छन् । उद्योग मन्त्रालयका कर्मचारीहरुले भने यस्तो फाइललाई स्वीकृति दिन मानिरहेका छैनन् । विनोदले राजनीतिक दवावबाट फाइल स्वीकृत गराउन प्रयास गरिरहेका छन् । विदेशी लगानीले नेपाललाई कति घाटा हुन्छ भन्ने कुरा एनसेल प्रकरण नै उदाहरण बनेको छ । एनसेलले सर्वाेच्च अदालतबाट समेत पाएको करछुटले विनोद जस्ता पुाजी पलायनमा सक्रिय रहेका व्यापारीलाई थप चलखेल गरी नेपालबाट लूट मच्चाउन उत्साहित बनाएको स्पष्ट हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here