वाम पार्टी एकता भाँड्न भारतको नांगो चलखेल

188

भारतीय गुप्तचर एजेन्सी ‘रअ’ प्रमुखसहितको टोली नेपालमा सक्रिय

काठमाडौं/ नेपालको राजनीतिमा भारतीय चासो निकै हस्तक्षेपकारी रूपमा विकसित भइरहेको देखिन थालेको छ । वाम गठबन्धन बनाएर नेकपा (एमाले र नेकपा (माओवादी केन्द्र) छुट्टाछुट्टै चुनाव चिह्न साथ चुनावमा होमिएपछि प्राप्त गरेको सफलताबाट उत्साहित बनेका नेता/कार्यकर्ताहरू निराश बन्न थालेका छन् । दुवै पार्टीको गठबन्धनलाई पार्टी एकीकरणमा रूपान्तरित गर्ने प्रयास क्रमिक रूपमा असफल हुने संकेत देखा परिरहेको छ । यी दुई पार्टीलाई एकीकृत हुन नदिन दक्षिणतिरको छिमेकीले खुला रूपमा चलखेल सुरु गरेको छ । दूतावासमा राजनीतिक दलका नेताहरूलाई दिवा भोज र रात्री भोजका आयोजना गर्दै धमिलो पानीमा माछा मार्ने खेलमा भारतीय राजदूत मञ्जिपसिंह पुरी लागेका छन् भने उनलाई सहयोग गर्न भारतीय ‘रअ’ प्रमुख अनिल धसमानासमेत नेपाली आइपुगेका छन् ।

 
भारतले नेपालमा वाम सरकार बनिहाले पनि फरक नपर्ने प्रचार गर्दै वाम गठबन्धनको सरकार बन्न नदिने खेललाई गोप्य रूपमा तीव्र बनाएको छ । यस कामका लागि भारतीय ‘रअ’ प्रमुख अनिलले वाम गठबन्धनका शीर्ष नेताहरूलाई फरक–फरक ठाउामा भेट गरेको थाहा भएको छ । भारतले सकेसम्म वाम गठबन्धनको सरकार बन्न नदिने खेललाई प्राथमिकतामा राखेको बुझिन्छ । ‘रअ’ प्रमुख अनिलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धन छोड्न र पााच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरेको प्रचार बाहिर आएको छ । यस्तो प्रचारलाई पुष्टि गर्न नसकिए पनि स्वयं प्रचण्ड र भारतीय रअ प्रमुख अनिल धसमाना वा भारतीय राजदूतावासबाट समेत खण्डन नसकिएपछि समाचारको सत्यता पुष्टि भइरहेको छ । भारतीय गोटीका रूपमा रअ प्रमुखले कांग्रेस नेता अमरेशकुमार सिंह र राजपा नेता राजेन्द्र महतोलाई प्रयोग गरेको रहस्य खुलेको छ ।

 
वाम गठबन्धन बन्दैखेरि भारतीय चलखेलबाट गठबन्धन बनेको आशंका गर्नेहरू पनि थिए । भारतीय स्वार्थअनुकूल महाकाली सन्धि गराउन दुई दशकअघि देखिएको केपी ओलीको सक्रियता र पााच नम्बर प्रदेशलाई पहाड र तराई छुट्टयाउने गरी सीमांकन प्रस्ताव गर्न भारतीय स्वार्थअनुकूल गत वर्ष प्रयोग भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको राष्ट्रिय हितअनुकूल वाम सरकार निर्माणका लागि इमान्दारिता देखाउलान् भन्ने विश्वास धेरैलाई लागेको थिएन । तैपनि दुवै पार्टीको इतिहास राष्ट्रवादी र क्रान्तिकारी रहेकाले त्यही मिसनमा दुई पार्टीको नेतृत्व सहमतिको बिन्दुमा पुग्ने आशा गरिएको थियो । भारतीय चलखेलबाट केपी ओली र पुष्पकमल दाहालबीच दुरी बढ्न थालेपछि पार्टी एकीकरण धेरै टाढाको विषय देखिएको छ ।

 
समाचार सूत्रका अनुसार हालैमात्र आफ्नो बसाइा सरेका प्रचण्ड निवास खुमलटारमा गत सोमबार भारतीय रअ प्रमुखसहित तीन जना पुगेका थिए । प्रचण्डले ४५ मिनेटसम्म रअ प्रमुखसाग गोप्य वार्ता गरेका थिए । गोप्य भेटवार्ताबारे राजेन्द्रं महतोले खुलासा गरिसकेका छन् ।

 
प्रचण्डलाई रअ प्रमुखले प्रलोभन र धम्कीयुक्त कुरा गरेको थाहा भएको छ । भारतीय चाहनाबमोजिम संविधान संशोधनको आफ्नो एजेण्डबाट पछि नहट्न प्रचण्डलाई दवाव परिरहेको बुझिएको छ । केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गरी प्रचण्ड नेतृत्वको सरकार निर्माण गर्ने क्रममा सुरु भएको संविधान संशोधनको प्रयास सफल नभएकाले त्यसलाई सफल तुल्याउनका निम्ति पनि प्रचण्डले वाम गठबन्धनबाट आफूलाई अलग गर्नुपर्ने सुझाव रअ प्रमुख अनिलले गरेको कुरा विश्वस्त स्रोतले जनाएको छ । माओवादी नेतृत्वले भेटघाटलाई बाहिर ल्याउन चाहेको छैन ।
राजपा नेता राजेन्द्र महतोले प्रचण्डलाई रअ प्रमुखबाट वाम गठबन्धन छोड्न प्रस्ताव गरेको स्वीकार गरेका छन् । ‘मुद्दा हामीसाग मिलेका छन्, तपाई पााच वर्ष प्रधानमन्त्री बन्नुहोस, कांग्रेस र हाम्रो पााच वर्ष सहयोग रहन्छ, मैले पनि भनेको छु’ महतोले स्वीकारेका छन् ।                                                              (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here