संक्रमणकाल सकियो भन्दाभन्दै देश झनै संकटग्रस्त अवस्थातिर उन्मुख

108

 राधा बुढाथोकी मगर
दुईपटक संविधानसभाको चुनाव गराएर निर्माण गरिएको संविधान कार्यान्वयन गर्न संविधान निर्माता दलहरूलाई निकै हम्मेहम्मे परिरहेको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका चुनावहरू सम्पन्न भइसक्दा पनि देशमा शान्ति कायम हुन सकेको छैन । देशमा अहिले अशान्ति व्याप्त छ । देशमा भइरहेका घटनाहरूले तत्कालीन माओवादीले सशस्त्र युद्ध गर्दाताकाको अवस्थाको झल्को दिन थालेका छन् । तत्कालीन समयमा माओवादीले देशको शासन व्यवस्थामाथि असन्तुष्टि प्रकट गर्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

 
माओवादीले त्यसबेला अहिले जस्तै गतिविधिहरू नगरे पनि देशमा एक किसिमको सन्त्रास देखिन्थ्यो । नयाा संविधान बनेपछि सम्पन्न गरिएको चुनावका समयमा बम विष्फोटका घटनाहरू निकै भए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका कार्यकर्ताहरूले दशवर्षे जनयुद्धको झझल्को दिने गरी देशभर नै बम विष्फोटका घटनाहरू गरे । विप्लव दशववर्षे युद्धकालका माओवादीका ठूलै नेताका रूपमा चिनिन्छन् । विप्लवको असन्तुष्टिलाई राज्यले सामान्य रूपमा लिनुु हुादैन ।
देशमा शान्ति कायम भइसक्यो भनेर कानमा तेल हालेर बस्ने अवस्था छैन । असन्तुष्टिहरू जनतामा बढिरहेका छन् । १२ वर्षअघि सत्ताच्युत राजा अहिले जता गयो त्यतै जयजयकार हुनुले जनतामा देखिएको दलहरूप्रतिको असन्तुष्टि स्पष्ट हुन्छ । जनतालाई बााडिएको आश्वासन दलहरूले पूरा गर्न सकेनन् भन्ने कुराको सन्देश नै राजाको जयजयकारमा उत्रिएका जनताको उपस्थिति हो । यो कुरालाई राजापरस्त चिन्तन भनेर भन्नेहरू पनि देखिएलान् तर यो यथार्थ हो ।

 

एकातिर विप्लव नेतृत्वको नेकपाले जनयुद्धलाई निरन्तरता दिन खोज्नु अर्कातिर जनताले राजाको जयजयकार गर्न सडक तताइरहने अवस्थाले अब देश ०५२ फागुन १ अघिकै अवस्थातिर फर्किएको हो कि भन्ने संकेत गर्दछ । देशमा संकटपूर्ण स्थिति बढिरहेको छ । यस्तो अवस्थालाई संक्रमणकाल अन्त्य भयो भनेर रमाउनेहरूले देशको भविष्यलाई कतातिर लैजान खोजेका हुन् ? प्रश्न खडा भएको छ ।                                                    (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here