प्रधानन्यायाधीशको नागरिकता खोजी सुरु

553

काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धमा सुरु भएको डा.गोविन्द केसीको अनशन प्रकरण उत्कर्षमा पुगेको छ । अनशन तोडेर बसेका डा.केसीले गोपाल पराजुलीको नागरिकता खोजी सुरु गरेका छन् । गोपाल पराजुलीको उमेर सच्याएर दुई वटा नागरिकता जारी गरिएको प्रसंग उल्लेख गर्दै डा.केसीसहित अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, डा.अभिषेकराज सिंह, शशीविक्रम कार्की, डा.विनोद अर्याल र डा.राजीव यादवसहित सात जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यथार्थ जानकारी माग गर्दै निवेदन दर्ता गराएका छन् । हिजो माघ १७ गते सात जनाको संयुक्त दस्तखतसहित दर्ता गरिएको निवेदनमा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै सूचना उपलब्ध गराई पाउा भनी माग गरिएको छ । निवेदनमा ‘हाल प्रधानन्यायाधीश रहनुभएका शिवपुर–६, तनहुाका गोपाल पराजुलीज्यूको नाममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले फरक फरक समयमा फरक फरक उमेर उल्लेख गरी जारी गरेका नागरिकता प्रमाणपत्रहरू क्रमश: जन्म मिति २१ वर्ष कायम गरी मिति २०३०/४/२१ मा जारी नागरिकता प्रमाणपत्र, सोही नागरिकता प्रमाणपत्रको ०५३ सालमा जारी प्रतिलिपि तथा जन्ममिति २०१०/१/१६ कायम गरी मिति ०६७ मा जारी ना.प्र.नं. २७/१८०३/४४१/३०१० को नागरिकता प्रमाणपत्र प्रतिलिपि सम्बन्धमा लामो समयदेखि गम्भीर सार्वजनिक सरोकारको विवाद उत्पन्न भएको विदितै छ ।

 

के कति कारणले कुन निर्णयका आधारमा उमेर फरक फरक पारी तीन वटा नागरिकता प्रमाणपत्र र प्रतिलिपिहरू जारी गरिएको हो भन्ने विषयको यथार्थ एवं आधिकारिक सूचना पाउने हक नेपाली नागरिकलाई छ, उहााका विवादित नागरिकता प्रमाणपत्रहरू र तीन प्रमाणपत्र जारी गर्दा खडा गरिएका फाइल, सिफारिश, नागरिकता दिने वा प्रतिलिपि जारी गर्ने निर्णयलगायतका विषयहरू प्रधानन्यायाधीशको पदावधि, न्यायालयको गरिमा, न्याय प्रशासन तथा न्याय सम्पादनसाग प्रत्यक्ष रूपमा सम्बन्धित सार्वजनिक महत्वका सूचना हुन् । अत: प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा आसिन व्यक्तिको उमेरसम्बन्धी सार्वजनिक सरोकारको विवादको वस्तुनिष्ठ रूपमा समाधान गर्ने सम्बन्धमा आवश्यक पहल गर्ने प्रयोजनका लागि त्यस कार्यालयमा रहेको देहाय बमोजिमको सूचना उपलब्ध गराइ पाउा भनी नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकका आधारमा हामी निवेदक नेपाली नागरिकहरू यो निवेदन गर्दछौं ।’ उल्लेख छ ।
प्रस्तुत छ, निवेदनको पूर्ण अंश :–

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here