अनुकूलता बुझौं, पराधीनता तोडौं

342

 डा. दीपेन्द्र रोकाया
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन समाप्त भई वामपन्थीको नेतृत्वमा सरकार गठन गर्ने पूर्वसन्ध्यामा आफ्नो विशेषदूतको रूपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाए । उक्त उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपालको विकसित परिस्थितिका बारेमा राजनीतिक छलफल गरेर दिल्ली फर्किएको छ । यो प्रतिनीधिमण्डलले नेपालमा छिट्टै बन्ने वामपन्थीहरूको सरकारसाग मिलेर कार्य गर्ने र नेपालको स्थिरता र समृद्धिको लागि सघाउने सन्देश दिनुको साथै सहकार्य गर्न इच्छुक रहेको भनी जानकारी गरायो । यस प्रशंगलाई हामी नेपालीहरूले विभिन्न अर्थमा चर्चा गर्ने गरिरहेका छौ । भारतको प्रस्तुति हेर्दा कुटनीतिक हस्तक्षेप जस्तै लाग्दछ । यद्यपि यसलाई नेपाल–भारतबीच कुटनीतिक सम्बन्ध सुधार्नका लागि अनुकुलताको प्रारम्भ भएको रूपमा लिन सकिन्छ ।

 
कुटनीतिमा हिजो के थियो भन्ने भन्दापनि आजको अवस्थामा मुलुकको हित सम्वद्र्धन कसरी हुन सक्छ ?, मुलुकले स्थायित्व, समृद्धि र विकास कसरी गर्न सक्दछ ? भन्ने कुरालाई महत्व दिइने गरिन्छ । यो भ्रमणले भारत र नेपाल बीचमा विगतमा कस्ता सम्बन्ध थिए भन्दा पनि भविष्यमा कस्तो सम्बन्ध गर्ने भन्ने कुरा सोच्ने बेला आएको छ । भारतले नेपालसाग नयाा किसिमको सम्बन्ध कायम गर्न चाहेको देखिएको छ । किनकि नेपाल र भारतबीचमा संविधान तथा मधेशको मामलामा भएको तिक्ततापूर्ण सम्बन्ध सुधार गर्ने कुरा नराम्रो होइन । नेपाललाई विकास र समृद्धिमा सहयोग गर्ने सन्देश पनि नराम्रो होइन । यसबाट भारतले नेपालसाग बिथोलिएको सम्बन्धलाई सच्याउन इच्छुक भएको देखिएको छ । वामपन्थीहरू सरकारमा आएपछि भारत सम्बन्धको बारेमा देखिएको अनिश्चिताको वातावरण समेत समाप्त भएको छ । नेपालमा वामपन्थीहरूले सरकारमा गएर स्थिरता र समृद्धि कायम गर्न छिमेकी राष्ट्रहरूबाट सहयोग र सद्भाव चाहेका छन् । वामपन्थीहरूले छिमेकी दुबै राष्ट्रसाग समान र सन्तुलित सम्बन्ध राख्ने बताउादै आएको पृष्ठभूमिमा भएको स्वराजको नेपाल भ्रमण भयो ।

 
हो, यो भ्रमण अचानक र अस्वभाविक रूपमा देखियो । कतिपयलाई आश्चर्य लागेको हुन सक्छ । तर, कुटनीतिमा आफ्नो सम्बन्ध अनुकुल बनाई राख्नु र आफ्नो हित विपरित हुन नदिने सर्वमान्य सिद्धान्त अनुकुल नै रहेको हुादा यसलाई दुबै देशबाट एकअर्काकाबीच विश्वासको वातावरण बनाई नयाा आधारबाट सम्बन्ध विकसित गर्न देखाएको उत्सुकताका रूपमा लिनु पर्दछ । यहाा भन्नै पर्ने कुरो के छ भने नेपालका नेताहरू आफ्नो हैसियत र कुटनीतिक मर्यादा भुलेर सोल्टी होटलमा स्वराजलाई दर्शन भेट गर्न गएका दृश्यहरू भने आश्चर्य लाग्दो विषय बन्यो । हुन त यो नयाा होइन, यद्यपि नेपाली नेताहरू ‘आफुलाई बिर्सदा’ भन्ने एउटा कथाका पात्र भई रहेका छन् । उनीहरूको यही गतिछाडा तौर तरिकाले गर्दा नै भूटानमा अभ्यास गरिरहेको भारतीय नीति (रक्षा र परराष्ट्र भारतले हेर्ने) प्रस्ताव यस पटक छलफलमा आएको सम्मका कुरा बाहिर आएका छन् । यदि यो मिडियामा आएजस्तै हो भने निकै सोचनीय विषय बन्दैछ ।

 
नेपालमा रामायण र महाभारतजस्ता महाकाब्यलाई धर्मग्रन्थको रूपमा ढोग्ने तर तिनका रचनाकार वाल्मिकी र ब्यासलाई सम्झनासम्म नगर्ने समाज हुनुले समस्या बढीरहेको छ । कुटनीतिक रूपमा नेपाल मिसन लिएर गएको मान्छे वासिन्टनडिसी, लण्डन, दिल्ली र पेकिङको मिसन फत्ते गरेर आउनेजस्तो भइरहेको छ । यहाा जो विदेशी आउाछ, उसैको हुनु पर्दछ भन्ने जरुरी छैन । विदेशी मित्रहरूलाई राम्रो सद्भाव प्रकट गर्दै नेपाली नै भएर नेपालको हितका विषयबस्तुलाई केन्द्रमा राखी कुरा गर्न सक्नु पर्दछ । यसैले यसपटक स्वराजले के कस्ता विषय प्रवेश गराइन् भन्ने कुरा अझै पनि सहायक हुन् । भारतले वाम सरकार बन्नु अगावै नेपाल आएर उच्च प्रथामिकता देखाएको सन्दर्भमा नेपालले नेपाली जनताको मनाभावनालाई बुझेर बोल्न र सहकार्य गर्न तयार हुनपर्दछ ।

 
सौरभले असङ्गति भन्ने पुस्तकमा उल्लेख गरेको शब्द सापटी लिएर भन्नु पर्दा ‘लुटेरालाई हिरो मानिने देश मेक्सिको हो । यसैले होला, अमेरिकासाग सीमा टाासिएर पनि मेक्सिको, मेक्सिको नै छ, अर्को अमेरिका होइन । नेपालको सन्दर्भमा त्यस्तै हो ।’ हिजो देशमा राजा थिए, उनको आाखामा आाखा जुधाएर कुरा गर्न पाइन्नथ्यो । तर नेपाली जनताले यस्तो राजा र राजतन्त्र चाहिदैन भनी फालिसकेको सन्दर्भमा यहााका नेताहरू विश्वका आफ्ना समकक्षीहरूसाग आाखामा आाखा जुधाएर किन आफ्नो हितका विषयमा बोल्न सक्तैनन् ? यसैले त दुई ठुला भूगोल र जनसंख्या भएका देशको बीचको स्वर्गजस्तो नेपाललाई वास्तविक स्वर्ग बनाउन सकिरहेका छैनौ । भन्न बाध्य छौ, यहाा काातर भएपनि भोट हालेर जिताएका हाम्रा जनप्रतिनिधि यिनै हुन्, यिनलाई ढाअस र खबरदारी गर्दै नेपालपक्षीय अनुकुलता खोज्ने र पराधिनता तोड्ने तौर तरिकाबारे चिन्तनमनन गर्न र गराउन लगाउनु पर्दछ ।                     (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here