फणीन्द्र नेपाल, अभियन्ता– ग्रेटर नेपाल
नेपाली सेनाको लोकतान्त्रिकरण हैन, सवलीकरण गर्नुपर्छ,
सेनालाई राजनीतिबाट मुक्त राख्नुपर्छ
भारतले सिमाना मिच्दा केही नबोल्ने नेपाली सेनाको काम छैन, खारेज गरिदिए हुन्छ । कालापानीमा १९६२ देखि निरन्तर भारतीय सेना बसिरहेको छ । तै पनि नेपाली सेनाले केही गर्न सकिरहेको छैन । भारतीय सेनालाई त्यहााबाट हटाउनको लागि नेपाल सरकारसाग आदेश माग्नुपर्यो । ‘मन्त्रिपरिषद्ले निर्णय गरेर हामीलाई नखटाएसम्म हामी जाादैनौं’ सेनाले भन्ने होइन भन्दै खरो विचार प्रस्तुत गर्ने ग्रेटर नेपालका अभियन्ता प्राध्यापक फणीन्द्र नेपालले सेना दिवसको अवसर पारेर आफ्नो प्रतिक्रिया दिनुभएको ‘नेपाल आज डटकम’ अनलाइनमा प्रकाशित अन्तर्वार्ताबारे पुन: केही प्रश्नहरू थपेर नेपालसाग गरिएको संवाद यहाा प्रस्तुत छ :
नेपाली सेनाले सेना दिवस मनाइरहेको छ, अहिलेको स्थितिमा नेपाली सेनाको भूमिका कस्तो हुनुपर्छ ?
ऐतिहासिक रूपमा हामीले नेपाली सेनाको सम्मान गर्दै आएका छौं । तर पछिल्लो विकासक्रम हेर्दा नेपाली सेनाले नेपाली जनताले अपेक्षा गरेअनुसारको भूमिका खेल्न सकेको छैन । राजतन्त्र रहुञ्जेल नेपाली सेनालाई शाही नेपाली सेना भनिन्थ्यो । गणतन्त्र आएपछि नेपाली सेना भनियो । तर म चाहिं के भन्छु भने यो ‘भारतीय नेपाली सेना’ हो ।
कसरी ? तपाईंको मतलब के हो ?
नेपाली सेनाको अहिले भारतसाग निकट सम्वन्ध छ । दुवै देशका प्रधानसेनापति एकअर्काे देशको मानार्थ प्रधानसेनापति हुन्छन् । जबकि नेपालको भूभाग कालापानीमा १९६२ देखि निरन्तर भारतीय सेना बसिरहेको छ । खै नेपाली सेनाले चासो दिएको ?
भारतीय सेनाका प्रमुख यसपटक सेना दिवसका दिन प्रमुख आतिथ्य ग्रहण गर्न काठमाडौं आएका छन्, यसले के संकेत गर्न खोजेको जस्तो लाग्छ ?
शंका गर्ने सुविधा त जसलाई पनि प्राप्त हुन्छ । सम्मान दिने हिसाबले नेपाली सेनाको सम्मानित पदमा मानार्थ महारथी दिइएको छ । दुवै देशका सेना प्रमुख एकअर्काको मानार्थ प्रधानसेनापति हुने भनेपछि त उनलाई पनि त्यही सन्दर्भमा निम्ता गरिएको हुनुपर्छ । जसरी तपाईले आशंका गर्नुभयो नि, भारतीय सेनाले नेपालीभूमि कब्जा गरेर बसेको देख्दादेख्दै नेपाली सेनाले भारतीय सेना त्यहााबाट हटाउनु पर्यो भन्दैन । सरकारसाग आदेश कुरेर बस्छ । सुनिन्छ, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर नखटाएसम्म हामी जाादैनौं भन्छ रे नेपाली सेना ।’ एउटा घटना स्मरण गराउन चाहन्छु कि, लगभग १० वर्ष अगाडि, मलाई मिति ठ्याक्कै सम्झना भएन, एकपटक भारतीय सेना अवैध रूपमा बंलादेशमा प्रवेश गरेको थियो । अन द स्पट १६ कि १८ जना भारतीय सेनालाई बंगलादेशी सेनाले मारिदिएका थिए । भारतले केही पनि गर्न सकेन । आफ्नै आमामाथि प्रहार हुादा पनि आदेश पर्खेर बस्ने ? घरमा चोर, डााका वा लुटेरा आयो भने के अब गाउापालिकाको अध्यक्षलाई पर्खेर बस्ने ? कि रक्षा गर्ने ? त्यसकारण, मैले यो सेना भारतीय नेपाली सेना हो भनेको हुा । नेपाली सेनाले अहिले खेलिरहेको भूमिकामा मेरो आपत्ति छ । हाम्रो करबाट चलेको सेनाको प्रमुख दायित्व भनेकै मुलुकको रक्षा गर्ने हो । जुन सेनाले नेपाली भूभागको रक्षा गर्दैन, त्यो सेना हामीलाई किन चाहियो ?
यसरी सेनाको औचित्यमाथि नै प्रश्न उठाउन मिल्छ ?
प्रश्न उठाउन किन नमिल्नु । उहााहरू सच्चिनु पर्यो । ऐतिहासिक रूपमा नेपाली सेनाले निभाएको भूमिकाप्रति म मात्र होइन, विश्व नै नतमस्तक छ । नेपाली सेनालाई विश्वभर सम्मान प्राप्त छ । त्यस्तै भूमिका आफ्नो मुलुकमा खेल्नु पर्यो नि त ! यहीा नेपालबाट गएको नेपाली सेनाले भारतलगायतका विदेशीभूमि बचाइदिने अनि भारतीय सेना नेपालमा घुस्दा चाहीं नेपाली सेना मासु भात खाएर बस्ने ? सरकारको आदेश कुरेर बस्ने ?
भारत ठूलो देश भएको मनोविज्ञान र सेनालाई आवश्यक सैनिक सामग्री त्यहीाबाट ल्याउनुपर्ने बाध्यता पनि त छ नि ?
त्यस्तो बाध्यता छैन, भारतीय भूमिबाट हतियार ल्याउादा मात्र छ । हामीले बेल्जियम, इजरायल, अमेरिका वा अन्य देशबाट पनि हतियार किन्न सक्छौं । पैसा तिरेर किन्ने कुरा हो । हामी स्वतन्त्र मुलुक हौं भने भारतसाग नभएको हतियार हामीले प्रयोग गर्नुपर्यो । हामीले उसाग प्रतिस्पर्धा गर्न सक्ने विश्वभर चलेको अत्याधुनिक हतियार पनि त ल्याउनु पर्यो । हैन, खाली ‘शो’ को लागि मात्र सेना राख्ने हो भने नेपाली सेनासाग खुकुरी छ, त्यही लिएर बसे भइहाल्यो । त्यो त पहिले आफूले आफैंलाई चिन्नु पर्यो नि ! भारतले उत्पादन गरेको नपड्किने इन्सास हतियार अधिकांश नेपाली सेनाको हातमा छ । यसबाट नेपालको सुरक्षा हुन सक्दैन र नेपाली सेनाको सवलीकरण पनि हुन सक्दैन ।
संख्याको हिसाबले नेपाली सेना निकै कम छ, भारतसाग अध्याधुनिक हतियार पनि छ, यस्तो अवस्थामा भारतसाग नेपाली सेना लड्न सक्षम छ त ?
एउटा इजराली सेना बराबर एक सय अरवियन सेना गनिन्छ । त्यो क्षमता, युद्धकला विकास गर्नु पर्यो नि त ! हतियारले मात्रै युद्ध लड्ने हो र ? अत्याधुनिक हतियार दिएता पनि मार हान्ने बेला हात कमाएर बस्यो भने त्यो सेनाको के काम ? हो, युद्ध जित्न हतियार चाहिन्छ, तर त्यो भन्दा पहिला हतियार प्रयोग गर्ने साहस चाहिन्छ । लडाइा त शाहसले मात्र जितिन्छ । गतिलो हतियार दिएर पनि मन थर्थर् काम्छ भने त्यो हतियारको के काम ? मैले मुलुकका लागि लड्नुपर्छ, म मुलुकको लागि मेरो ज्यान समर्पित गर्न आएको हुा, मेरो रगत बगोस् डराउादिन तर दुश्मनको रगत बगाउनु परे पनि पछि पर्दिन भन्ने साहसको साथ जुन व्यक्ति वा सेना हिाड्छ, उसले लडाईं अवश्य जित्छ । भारतको सेना २० औं लाख छ, हामी एक लाखले के गर्न सक्छौं ? भन्दै बस्ने हो भने किन नेपाली सेनामा जागिर खाने ?
तपाईको मतलब कम्तीमा नेपालीभूमि त रक्षा गर्नु पर्यो भन्ने हो ?
हो । त्यो दायित्व बोकेर स्थापना भएको नेपाली सेनाले त्यही सपथ खाएको छ नि त ! तर दुर्भाग्य ! नेपालको सैनिक ऐनमा प्रधानसेनापति भएपछि जुन सपथ खुवाइन्छ, त्यो सपथमा यो मुलुकको म रक्षा गर्छु भन्ने कतै छैन । संसारमा त्यस्तो कुनै पनि मुलुक छैन, जुन मुलुकले आफ्नो सेनालाई मुलुकको रक्षा गर्ने दायित्वबाट बन्चित गरेको होस् । नेपाल मात्र त्यस्तो एक मुलुक हो, जुन मुलुकको सेनाले आफ्नो मातृभूमि रक्षा गर्नु पर्दैन ।
पछिल्लोपटक नेपाली सेनालाई लोकतान्त्रिकरण गर्ने अभियान नै चलेको छ, अनि प्रमुख बनाउने नाममा राजनीतिको घुसपैठ हुन थालेको छ, के भन्नु हुन्छ ?
यो ठूलो गल्ती हो । सेनाको लोकतान्त्रिकरण हैन, सवलीकरण गर्नुपर्छ । सेनालाई राजनीतिबाट मुक्त राख्नुपर्छ । सबैभन्दा शक्तिशाली हतियार दिनुपर्यो । थोरैको संख्यामा छौं हामी, धेरै शक्ति आर्जन गर्न सक्ने हुनुपर्यो । आक्रमण नगरे पनि कमसेकम रक्षात्मक बन्न सक्ने हैसियत हुनुपर्यो नि ! बाहिरी आक्रमणबाट बच्नका लागि सवल हुनुपर्यो । के त्यो ढंगमा सेना गएको छ ? कटवाल प्रकरणपछि सेनामा राजनीतिकरण सुरुवात भएको छ । त्यो घटनाबाट पहिलोपटक के थाहा भयो भने नेपाली सेना भारतबाट सञ्चालित रहेछ । बाहिर के आयो भने कटवाललाई बचाउन भारतीय सेनाले समेत आफ्नो प्रभाव प्रयोग गर्यो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जस्तै नेपाली सेनामा पनि भावी नेतृत्व कसले लिने भन्ने विषयमा नेताहरूकोमा धाउने प्रवृत्ति सुरु भएको छ । यो नितान्त गलत कुरा हो । तत्काल सच्चिनुपर्छ ।
पछिल्लो समय व्यापार र ब्यवसायतिर लागेको भन्दै नेपाली सेनाको तीव्र आलोचना हुादै आएको छ, यहााको धारणा के छ ?
सेनाको यो कदममा म कतिखेर सहमत हुन्थो भने सेनाले आफ्नो हतियार आफै उत्पादन गरोस्, कारखाना आफै बनाओस्, सरकारसाग सवलीकरणका लागि बजेट माग गरोस्, सञ्चयकोषमा भएको रकम हामी पनि लगानी गर्छौं, हाम्रो लागि आवश्यक गोलीगोठ्ठा नेपालमै उत्पादन सुरु गरौं भन्दै अरुको मुख ताक्ने प्रवृत्ति बन्द गरोस् । सेनाले त्यसका लागि ब्यवसाय वा ब्यापार गरेको भए त्यो पनि ठीक थियो । सैनिक कल्याणकारी कोषमा जम्मा भएको रकम शान्ति सेनाबाट फर्किएका सिपाहीहरूको रगत र पसिना हो । यो सेना मुलुक रक्षाका निमित्त बनाइएको हो । मुलुकको रक्षा गर्न छोडेर पैसाको खेलो गर्नतिर सेना लाग्छ भने नेपाली जनतालाई त्यो कदापि सैह्य हुन्न । त्यो सरासर गलत हो ।
नेपाली सेनाले शासन सत्ता लिनुपर्छ, त्यो भयो भने मुलुक राम्रो हुन्छ भन्नेहरूको कमि छैन, के त्यो सम्भावना देख्नुहुन्छ ?
सेनासाग हतियार छ । सेनाले चाहेको खण्डमा कुनै पनि समय शासन सत्ता हातमा लिन सक्छ । तर, सेनाभित्र पनि भ्रष्टीकरण सुरु भइसकेको छ । उनीहरूले शासन सत्ता चलाउन सक्छन् भन्नु ऐतिहासिक प्रमाण छैन । त्यसकारण सेनाले लिादा राम्रो हुन्छ भन्ने एउटा स्वार्थी गुटको कथन मात्र हो । यसमा अर्को तर्क पनि हुनसक्छ, पहिला नेपाली सेना राजाको मातहत थियो, सेना आयो भने राजालाई स्थापित गराउाछ भन्ने सोचाइ होला ! तर संविधानले त्यो गर्न नेपाली सेनालाई दिादैन, र त्यो संभव पनि छैन ।
अन्त्यमा, नेपाली सेनाको भूमिका कस्तो हुुनुपर्छ जस्तो लाग्छ ?
मेरो एउटै आग्रह छ, नेपाली सेनालाई । छाउनीमा ग्रेटर नेपालको तस्बिर राखिएको थियो । अहिले त्यो हटाइयो कि छ ? त्यो मलाई थाहा छैन । र, त्यो विशाल नेपाल नेपाली सेनाले नै निर्माण गरेको हो, त्यसमा कसैको दुईमत छैन । विशाल नेपालको तस्बिर राख्ने सेनाले कमसेकम मेची र महाकालीमा भएका भारतीय अतिक्रमणलाई नियन्त्रण गर्नु पर्यो नि ! नेपाली सेनाले ऐनामा आफ्नो अनुहार हेरेर आत्मालोचना गर्नु पर्यो कि, हामीलाई के दायित्व दिइएको छ ? के–का लागि हामीलाई तलब दिइन्छ ? त्यो अनुभूति गरेको दिन नेपाली सेनालाई आफ्नो कर्तव्यबोध अवश्य हुनेछ ।



















