राज्यलक्ष्मी शाक्य
केही हप्ताअघि मात्र नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको व्यापारघाटा चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब ५ खर्ब पुगेको छ । यसको अर्थ वार्षिक रूपमा हामीले करिब बजेटकै हाराहारीमा व्यापारघाटा बेहोर्ने निश्चित जस्तै छ । यस तथ्यांकको अर्को अर्थ हो हामी दिन प्रतिदिन परनिर्भर हुादै गएका छौं । प्रत्येक वर्ष व्यापारघाटाको ग्राफ उकालो लागिरहेको छ । निर्यातको ग्राफ भने धेरै तल छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४ दशमलव ८ प्रतिशतले बढेको छ । रु. ४ खर्ब ९३ अर्ब ४२ करोड व्यापारघाटा पुगेको छ । यसलाई गत आर्थिक वर्षको सोही अवधिमा तुलना गर्ने हो भने त्यसबेला रु. ४ खर्ब २९ अर्ब ८७ करोड व्यापारघाटा रहेको थियो । गत आवको तुलनामा चालू आवमा व्यापारघाटा रु. ७१ अर्ब ४० करोडले बढेको हो । त्यस्तै, आव २०७२/७३ मा त्यस्तो व्यापार घाटा रु. २ खर्ब ५० अर्ब ८५ करोड रहेको राष्ट्र बैंकले जनाएको हो ।
कुनै पनि मुलुकमा आयात निर्यातको अवस्था समानान्तर रहन सके मात्र अर्थविद्हरू त्यसलाई आर्थिक रूपमा पनि सन्तुलित अवस्था मान्दछन् । किनकि कुनै पनि देशले सबै वस्तुको उत्पादन गर्न सक्दैन । आजको २१औं शताब्दीमा त कुनै वस्तु आफूले उत्पादन गर्नुभन्दा अर्को देशबाट आयात गर्नु सस्ता पर्न जान्छ । त्यसकारण अहिले वस्तु आयात निर्यात हुनुलाई सामान्य मान्न सकिन्छ । तर, निर्यातभन्दा आयातको रकम निरन्तर वृद्धि हुनु कुनै पनि मुलुकको लागि शुभसंकेत होइन तर नेपालमा भने आयातको दर दिनानुदिन बढिरहेको छ । यसले आगामी दिनमा नेपालको अर्थतन्त्रमा पक्कै पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने अनुमान जोकोहीले गर्न सक्छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्ऽका अनुसार मुलुकबाट निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिादै गएको हो । केन्ऽीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढ्न जाादा व्यापार घाटा बढी देखिएको हो । तर चालू आवको ६ महिनामा कृषि औजार तथा पार्टपुर्जा, सेनिटरी वेयर्स, खाने तेल, ड्राइसेल ब्याट्री, तयारी पोशाकलगायतका वस्तुहरूको आयात भने घटेको छ । सो अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेर रु. पााच खर्ब ३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७ दशमलव ३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १५ दशमलव ३ प्रतिशत, चीनबाट भएको आयात ९ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमलव ६ प्रतिशतले बढेको छ ।
भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालय, वीरगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा भैरहवा भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
सबैभन्दा बढी व्यापारघाटा छिमेकी देश भारतसाग रहेको छ । तथ्यांकअनुसार पेट्रोलियम पदार्थ, नेपाल विद्युत् प्राधिकरणले आयात गरेको विद्युत्लगायतका कारण व्यापारघाटा भारतसाग बढी रहेको देखिन्छ । चालू आवको ६ महिनामा भारतबाट मात्रै रु. तीन खर्ब ५१ अर्ब ४१ करोडको आयात भएको छ । चीनतर्फ भने रु. ६७ अर्ब ८६ करोडको व्यापारघाटा रहेको छ । भारततर्फको आयात बढेका कारण व्यापारघाटा पनि सोही मुलुकसाग नै बढी रहेको छ । बढ्दो व्यापारघाटा अर्थतन्त्रका लागि खतराको सूचक हो । मुलुकमा अब राजनीतिक संक्रमण सकिएर नयाा सरकार गठन भएको छ । नयाा सरकारले आयातलाई विस्थापन गर्दै निर्यात तथा आत्मनिर्भरतातर्फ ध्यान दिन आवश्यक छ ।
[email protected]
(- जनधारणा साप्ताहिक)














