अर्बपति चौधरीको आर्थिक आतंक सर्वाेच्चमा

195

काठमाडौं / अमेरिकी पत्रिका फोब्र्सबाट नेपालका एक मात्र अर्बपति घोषित विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको क्रमशः पुष्टि हुँदै गएको छ । चौधरीले सीजी इलेक्ट्रोनिक्सका नाममा गरेको आर्थिक अपराध उच्च अदालत पाटनबाट पुष्टि भएको छ । चौधरीले सिजी इलेक्ट्रोनिक्सका नाममा किर्ते बीमा दाबी गरी ९८ करोड रुपैयाँ भुक्तानी लिएको प्रमाणति भएपछि यो विषय अहिले चौधरीको आर्थिक अपराधमा दर्ज हुन पुगेको छ ।
चौधरीले किर्ते बीमा दाबी गरेकोमा उनलाई भुक्तानी दिने उनकै स्वामित्वको युनाइटेड इन्सुरेन्स कम्पनी चौधरीलाई भुक्तानी गरेको ठीक हो भन्दै यही चैत १८ गते सर्वोच्च अदालत पुगेको छ । युनाइटेड इन्सुरेन्स यसरी आफ्नै घाटाको पक्षमा सर्वाेच्चमा किन गयो भन्ने कुरा बुझ्न कठिन छैन । यो कम्पनी विनोद चौधरीकै २७ प्रतिशत स्वामित्वमा सञ्चालित कम्पनी हो ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय नीता गौतम दीक्षित र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासले विनोद चौधरीलाई २४ करोड झुठ बीमा दावी गरेको ठहर गरी फैसला सुनाएको छ । सिजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सीजी इलनोक्ट्रोनिक्सलाई भर्पाइ गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई उच्च अदालतले निर्देशन दिएको थियो । त्यसपछि युनाइटेड इन्सुरेन्स सर्वोच्च पुगेको हो । यो विनोद चौधरीको आर्थिक अपराध प्रकरणले युनाइटेड इन्सुरेन्स थप विवादमा मुछिएको छ । विनोद चौधरीको स्वामित्वको युनाइटेड इन्सुरेन्सले विनोद चौधरीकै स्वामित्वको सिजी इलेक्ट्रोनिक्सले गलत दाबी भुक्तानी गरेको मान्न तयार भएको छैन । विनोद आफै बोक्सी आफै झाँक्री बनेर आर्थिक अपराध गर्न पुगेका छन् । काठमाडौंको सतुङ्गलमा रहेको सीजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएपछि यसले बीमा बजारमा नयाँ तरंग ल्याएको छ । २०६९ असोजमा काठमाडौं सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्सको गोदाममा आगो लागेपछि सर्भेयर र अण्डराइटरले अग्नि बीमाअन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।
सिजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा २४ करोड किर्ते गरेको ठहर उच्च अदालत पाटनले गरेको छ । नेपालको इतिहासमै सबैभन्दा ठूलो दावी ५८ करोड ९७ लाख ७० हजार ६ सय ३२ रुपैयाँको चेक बिमित अर्बपति विनोद चौधरीकै स्वामित्वका सिजी इम्पेक्स प्रा.लि., इओएल प्रा..लि. र सिजी इलेक्ट्रोनिक्स कम्पनीका तर्फबाट प्रतिनिधि नरोत्तमकुमार मेहताले बुझेका थिए । दावी भुक्तानीको चेक यूनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले दिएका थिए ।

 
विद्युत सर्ट भई भएको भनिएको आगलागीमा ठूलो नोक्सानी भएको दाबी विनोद चौधरीले गर्दै आएका थिए । एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई समेत ३–३ हजार जरिवाना भएको थियो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here