कांग्रेस बैठकमा ९ बुँदे प्रस्ताव प्रस्तुत

162

काठमाडौं / नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा १५ युवा केन्द्रीय सदस्यहहरूले नयाँ प्रस्ताव पेश गरेका छन् । बैठकमा नविन्द्रराज जोशी, गगन थापा लगायतका १५ जना युवानेताहरूले ९ बुँदे नयाँ प्रस्ताव पेश गरेका हुन् ।

प्रस्तावमा तत्काल महासमिति बैठक बोलाउनेदेखि संसदीय समिति विघटन सम्मको माग रहेका छन् । केन्द्रीय सदस्यहरूले २०७५ जेठ ११ गतेभित्र महासमिति बैठकको मिति तोक्न प्रस्ताव गरेका छन् ।
पेश गरिएको प्रस्तावमा केन्द्रीय निर्वाचन समिति, विधान संशोधन मस्यौंदा समिति लगायतका समितिहरूको समेत तत्काल पुनर्गठन गर्न माग गरिएको छ । प्रस्तावमा वैशाखभित्र जिल्ला सभापतिहरूको भेला डाक्न समेत माग गरिएको छ ।

नयाँ प्रस्ताव राख्ने केन्द्रीय सदस्यहरूमा नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, श्रीमती रत्न शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गोविन्द भट्टराई, गुरुराज घिमिरे, प्रदिप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, श्रीमती किरण यादव र सुश्री सरिता प्रसाँई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here