गोरेको अदालतमा रहस्यमय बकपत्र

202

काठमाडौं । सुन तस्करी प्रकरण र सनम शाक्यको हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा रहस्यमय बकपत्र गरेका छन् । उनले आफु तस्करीको मुख्य ब्यक्ति नभएको दाबी गरेका छन् ।

 

जिल्ला अदालत मोरङले चार दिन लगातार बन्द इजलासमा गरेको बकपत्रमा गोरेले सुन तस्करीका मुख्य नाइके प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका नेताहरु नै भएको किटानी गरेका छन् । उनले नेताहरुको नाम भने खुलाएका छैनन् ।

३७ पृष्ठ लामो बकपत्रमा गोरेले– ‘सुन तस्करी गर्ने कार्यमा प्रहरी उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलोमतो हुने गर्छ । म कसैको नाम भन्न सक्दिन ।’ दुबईबाट आएको ३८ सय किलो सुन भारत जाने गरेको समेत उनले खुलाएका छन् ।
गोरेले सनम शाक्यको हत्या गरेको पनि अस्वीकार गरेका छन् । मैले करेन्ट लगाएको पनि छैन । प्रहरी अधिकारी पक्राउ परेपछि तस्करीको सबै पाटो खुल्ने गोरेले बकपत्रमा जनाएका छन् । एक किलो सुन पास गराउँदा ५० हजार एसएसपी श्याम खत्रीलाई दिने गरेको गोरेले जनाएका छन् । गोरेले अदालतमै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बकपत्र दिएका छन् ।

 

फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै ‘दुबईबाट भरियामार्फत झोलामा सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । सो पछि कुनै चेकजाँच हुँदैनथ्यो । सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जान्थ्यो । झोला त्यहीँ छाडिदिन्थे ।’
प्रहरी हाकिम कहाँ छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको भनाई छ । दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुने गरेको समेत उनले खुलाएका छन् ।

 
गोरेका अनुसार एसएपी खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here