भारतका ६ राज्य बन्दका क्रममा सब इन्सेपेक्टरको मृत्यु र भाजपा नेताको घर बमले ध्वस्त

162

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको भारतका ६ ओटा राज्य बन्दको पूर्वसन्ध्यामा माओवादी छापामारले राखेको एम्बुसमा परी छत्तिसगढ राज्यको सुकमा जिल्लामा २०६ कोब्रा बटालियनका एक जना सब इन्सपेक्टरको मृत्यु भएको छ ।

सोही एम्बुमापरी अर्का एक जना मरणासन्न अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् । अप्रिल २३ र २४ मा महाराष्ट्र राज्यको गाडचिरोली जिल्लामा भएको नरसंहारको विरोधमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले ६ ओटा राज्य बन्दको घोषणा गरेको थियो ।

यसैबीच आजको बन्दको सिलसिलामा माओवादी छापामारहरूले छत्तिसगढ राज्यको कङ्कड जिल्लाको टकोडीस्थित भारतीय जनता पार्टीका बिधायक उसेंडीको फर्महाउसलाई बमले उडाइदिएका छन् । माओवादीहरूलाई कसरी समाप्त पार्न सकिन्छ भन्दै छत्तिसगढका मुख्यमन्त्रीले कहिले विकासका नाममा र कहिले शान्तिका नाममा “विकास यात्रा” चलाएको र त्यसैक्रममा सो क्षेत्रको यात्रा तय गरिएको बेला सो विष्फोट भएको हो ।

आदिवासीका विरुद्ध आदिवासीको प्रयोग गर्ने र माओवादीहरू सिध्याउने उदेश्यका साथ बनाएका छत्तिसगढका मुख्यमन्त्री रमण सिंहले राज्यमा उल्टै जातीय द्वन्द्व बढाउने काम गरेको भनेर उनको आलोचना र निन्दा हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here