यस्ताे बन्याे एनपीएलको प्लेअफ समीकरण

30

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरणको तालिका सार्वजनिक भएको छ।

सार्वजनिक तालिकाअनुसार बुधबारदेखि खेल सुरु हुनेछन्। चार टिम प्लेअफ समीकरणमा रहेका छन्। समूहचरणमा शीर्षमा रहँदै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज र कर्णाली याक्स यो समीकरणमा छन्।

तालिका अनुसार तेस्रो र चौथो टिमले पहिले इलिमिनेटर खेल्नेछन्। जसमा बुधबार बिहान ९ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ।

दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्सबीच क्वालिफायर १ हुनेछ।

पर्सी बिहीबार भने क्वालिफायर २ हुनेछ। जहाँ इलिमिनेटरको विजेता र क्वालिफायर १ को पराजित टोलीबीच हुनेछ। क्वालिफायर १ को विजेता सिधैं फाइनलमा जानेछ।

क्वालिफायर २ बाट विजेता बनेको टोलीले क्वालिफायर १ को विजेतासँग शनिबार फाइनल खेल हुनेछ। प्रतियोगितामा ८ टिम सहभागी थिए। मंसिर १५ देखि सुरु भएको प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडु गुर्खाज्, जनकपुर बोल्ड्स र विराटनगर किङ्स रहेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here