काठमाडौं । माओवादी केन्द्रले नेताहरूको कार्य विभाजनसम्बन्धि छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा छलफल गरेको हो।
आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी ११, १२ र १३ पुसमा आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘सांगठनिक कतिपय विषयको बारेमा निर्णय लिन केन्द्रीय कमिटीले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो। केन्द्रीय कमिटीको रिक्त पदपूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रीय सदस्यहरूको कार्य विभाजन गर्ने विषयमा स्थायी कमिटीले निर्णय लिन भनेर केन्द्रीय समिति बैठकले निर्देशन दिएको थियो। आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो।’
भोलि बिहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिने उनले जानकारी दिए।














