जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ 

124

काठमाडौं- काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको ना.७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलीरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-४ स्थित पसलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय कोभानु घिमिरे सहित ५ जनालाई नगद १६ हजार ५ सय रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here