अर्काको नाममा ट्रायल दिने व्यक्ति पक्राउ

130

काठमाडौं- नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ यातायात ब्यबस्था कार्यालयस्थित ट्रायल सेन्टरमा अर्काको नाममा परीक्षा दिन लागेका सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ घर भई हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने १८ वर्षीय बिनोद शाहीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीलाई सुर्खेत बीरेन्द्रनगर घर भएका २३ वर्षीय नबिन चौलागाईको मोटरसाइकलको ट्रायल परीक्षा दिन लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here