प्रधानसेनापति क्षत्रीले सेनालाई तयारीमा रहन दिए निर्देशन

272

काठमाडौं । विद्यमान परिस्थितिको मूल्याङकन गर्दै सम्भावित चुनौतीको सामना गर्न तयारी अवस्थामा बस्न मातहतका निकायलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्देशन दिएका छन् । नेपाली सेनाको जंगी अड्डामा सञ्चालित दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ को सोमबार समापन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाका अपरेशनल, तालिम तथा बन्दोबस्तीका पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिएका हुन् ।

 

त्यसक्रममा प्रधानसेनापति क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रीत गर्न समेत निर्देशन समेत दिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ छ ।

 

कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयहरुमा आफ्नो धारणा राखेका थिए । बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझाबबारे प्रस्तुति गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here